लमजुङ । मर्स्याङ्दी गाउँपालिकाले शैक्षिक सत्र २०७९ मा उत्कृष्ट हुने विद्यालय, विद्यार्थी र शिक्षकहरुलाई पुरस्कृत तथा सम्मान गरेकाे छ ।
विद्यालय, विद्यार्थी र शिक्षकहरुले प्राप्त गरेको अंकको आधारमा पुरस्कार र सम्मान गरिएको गाउँपालिकाले जनाएकाे छ ।
आइतबार गाउँपालिकामा आयोजित “पुरस्कार र सम्मान कार्यक्रम” मा मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङलगायतले उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकलाई सम्मान गरेका हुन् ।
सम्मानित हुनेहरू यसप्रकार रहेका छन् ।
•कक्षा ८ मा सामुदायिक तर्फ उत्कृष्ट विद्यार्थी
खुसि गुरुङ ३.८३ (श्री महेन्द्र देब मा. बि.)
•कक्षा ८ मा पालिका तर्फ उत्कृष्ट विद्यार्थी
ओसन थापा ४.० (श्री हिमचुलि आ. मा. बि.)
• एसईईमा गाउँपालिका तर्फ उत्कृष्ट विद्यार्थी
रविन थापा, सागर मजाकोटि र सौरभ भण्डारी ३.६५ (श्री हिमचुलि आ. मा. बि.)
• एसईईमा बिषयगत शिक्षक सम्मान
नेपाली – सरस्वती कार्की ३.२१ (श्री महेन्द्र देब मा.बि.)
अङ्ग्रेजी – महेन्द्र बहादुर भुजेल २.८२ (श्री गणेश मा. बि)
सामाजिक – सोम बहादुर भण्डारी २.३१ (श्री महेन्द्र देब मा. बि)
गणित – नगेन्द्र निधि लोहनी २.३६ (श्री महेन्द्र देब मा. बि.)
विज्ञान – ध्रुव बि. क. २.५८ (श्री महेन्द्र देब मा. बि.)
•एसईईमा सामुदायिक तर्फ उत्कृष्ट विद्यालय
श्री महेन्द्र देब मा बि (२.६९)
•एसईईमा गाउँपालिका तर्फ उत्कृष्ट विद्यालय
श्री हिमचुलि आ मा बि (२.९०)
•कक्षा ८ तर्फ उत्कृष्ट विद्यालय
श्री सरस्वती विद्यामन्दिर आ. बि. (२.९४)
•कक्षा ५ तर्फ उत्कृष्ट विद्यालय
श्री चन्द्रोदय मा. बि. (७५.६६८)
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















