लमजुङ । आइतबार सम्पन्न मर्स्याङ्दी गाउँपालिका गाउँसभाको सोर्हौं अधिवेशनले नगर प्रहरी सञ्चालन र सहकारी ऐन २०७५ संशोधन पारित गरेकाे छ ।
“समृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी गाउँ पालिकाको आधार: कला सस्कृतिको संरक्षण, कृषि, पर्यटन, उर्जा र पुर्वाधार” भन्ने नाराका साथ सम्पन्न सभमा विधायन समितिका संयोजक रुद्रमान गुरुङले पेश गरेकाे मर्स्याङ्दी गाउँपालिकाको नगर प्रहरी गठन संचालन, नियम र ब्यवस्थापन विधेयक २०८०, आर्थिक विकास समितिका संयोजक घनश्याम घलेले पेश गरेको मर्स्याङ्दी गाउँपालिकाको सहकारी ऐन २०७५ संशोधन तथा बेरुजु सम्परीक्षण र पुर्वाधार विकास समितिका संयोजक चेत बहादुर गुरुङले पेश गरेको आ.व. २०८०/८१ को स्वीकृत बजेट तथा कार्यक्रम संशोधन पारित भएकाे हाे ।
यी विधेयक मर्स्याङ्दी राजपत्रमा प्रकाशित भएपछि लागू हुने गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले बताए ।


लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















