लमजुङका ९ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना

लमजुङ । चाडबाडको समयमा यात्रुलाई सहायता दिन लमजुङका विभिन्न ९ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ ।

दसैँ, तिहार तथा छठ जस्ता ठुला चाडपर्वहरूमा यात्रुहरूको चाप बढी हुने र चोरी लुटपाट जस्ता घटनाहरू घट्ने सम्भावनालाई मध्येनजर गर्दै चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

बिहीबार देखि सञ्चालनमा आएको सहायता कक्षको एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले उद्घाटन गरेका छन् ।

बेसीशहरबाट काठमाडौं जाने माइक्रो बसका चालक र बेसीशहरबाट मनाङ जाने बोलेरो जिपको चालकलाई टिका र फूलको गुच्छा दिएर सुरक्षित यात्राको कामना गरिएको छ ।

यात्रु सहायता कक्ष शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले चाडबाडका बेलामा बसपार्कमा धेरै सङ्ख्यामा यात्रुहरू आवतजावत गर्ने, सवारी साधनको चाप बढ्ने, टिकट काउन्टरमा यात्रुको भिडभाड बढ्ने, बढी भाडा लिने जस्ता क्रियाकलाप हुने तथा यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न सहायता कक्ष स्थापना गरिएकाे बताए ।

यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुनेलगायतका समस्या कम गराउन र नागरिकको पिरमर्कालाई तत्कालै सुनुवाइ गरी समस्या समाधान गर्नका लागि यात्रु सहायता कक्ष फलदायी हुने उनले बताए ।

यसैक्रममा प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले यस अवस्थामा यात्रुमैत्री वातावरण बनाउन, सुरक्षित यात्रा र सार्वजनिक सवारीलाई नियमन गर्न अधिकांश ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको बताए ।

दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी लमजुङको बेसीशहर नगरपालिका ९ मनाङेचौतारा, बेसीशहर नगरपालिका ८ शेराचोक, बेसीशहर नगरपालिका ३ रानीकुवा, सुन्दरबजार नगरपालिका ८ भोटेओडार बँगैचा, सुन्दरबजार नगरपालिका ७ पाउँदी, मर्स्याङ्दी गाउँपालिका ३ खुदी, मध्यनेपाल नगरपालिका ६ पाखुरीचोक, मध्यनेपाल नगरपालिका ४ दुइपिप्ले र राइनास नगरपालिका ६ धमिलिकुवामा गरी ९ स्थानमा सहायता कक्ष स्थापना गरि सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव निरीक्षक मित्रलाल ढकालले बताए ।

सहायता कक्षको अलवा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र अस्थाइ प्रहरी पोष्टहरु मार्फत पनि नागरिकले सेवा लिन सक्ने छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist