मनाङ । विश्वकै सबैभन्दा अग्लाे स्थानमा रहेकाे मनाङकाे तिलिचाे ताल घुम्न गएका एक भारतीय पर्यटकको लेक लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतको केरला घर भएका ३५ वर्षीय युवक मोहम्मद रजिम चेत्तियन क्यान्डी रहेका छन् ।
क्यान्डीकाे मनाङको ङिस्याङ गाउँपालिका-९ स्थित माथिल्लो श्रीखर्क नजिकै बाटोमा बुधबार बिहान शव फेला परेको मनाङ प्रहरीले जनाएको छ ।
मनाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक फणिन्द्र रानाभाटले मंगलबार राती तिलिचो बेसक्याम्पमा आएर बसेको र बुधबार बिहान हिँड्दा हिँड्दै ती व्यक्तिको बाटोमै मृत्यु भएको हुनसक्ने बताए ।
माथिल्लो श्रीचौरबाट ४५ मिनेटको बाटोमा भेटिएका ती भारतीय नागरिक करिब २ घण्टा हिँडेमा खाङ्सार आइपुग्नुपर्नेमा तल्लो क्षेत्रमा झर्न नसकेको स्थानीयले बताएका छन् । प्रहरी निरीक्षक पुस्कर कार्कीसहितको टोली घटनास्थलमा पुगेर शवलाई सदरमुकाम चामे ल्याएका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार ती नागरिक असोज २० गते एक्यापको मनाङस्थित कार्यालयमा दिउँसो पौने २ बजे प्रवेश गरेको रेकर्ड छ ।
उक्त दिन मनाङमा बसेर त्यसपछि तिलिचोतर्फ गएको हुन सक्ने उनले बताए । उनी एक्लै यात्रामा आएको रेकर्डबाट देखिएको उनले बताए। घटनास्थल करिब ४ हजार २ सय मिटर उचाइमा पर्छ।
मनाङतर्फ जाने क्रममा ५ दिनअघि नासो गाउँपालिका-३ खोत्रोडाँडाबाट खसेर अमेरिकन नागरिक ६९ वर्षीय चाल्स केथ डेभिजको मृत्यु भएको थियो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















