लमजुङ । विवादास्पद भनाई राखेकी कानुन व्यवसायी भगवती पाण्डे (सितल) लाई कानुनी कारबाही गर्न नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति लमजुङले माग गरेकाे छ ।
समितिले प्रेस विज्ञप्ति प्रकाशित गरि तामाङ लगायत समस्त आदिवासी जनजाति समुदायलाई नै अपराधीकरण गरेकाले कानुन व्यवसायी पाण्डेलाई कानुन बमोजिम कार्वाहीको माग गरेकाे छ ।
तामाङ घेदुङले २०८० श्रावण १७ गते जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौमा शान्तिपूर्ण घेराउ कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरी दर्जनौं आन्दोलनकारीलाई पक्राउ गरी चरम यातना दिएको र लाठी चार्ज गरी घाइते बनाएको जनाएकाे छ । साे घटनाकाे घेदुङले विराेध जनाएको छ ।
तामाङ समुदायको संस्कार र संस्कृति विरुद्ध संविधान विपरित गलत अभिव्यक्ति दिदै सामाजिक सद्भाव भड्काउने गतिविधि भएका कारण त्यस्ताखाले अवान्छित अभिव्यक्ति दिने जो कोहीलाई पनि समयमै कानुनी कार्वाही गर्नुपर्ने नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष होमराज तामाङले बताए ।
प्रकाउ परेका सबैलाई निसर्त तत्काल रिहाई गर्न तामाङ घेदुङले माग गरेको छ । पक्राउ परेका व्यक्तिहरूलाई रिहाई नगरेमा शुक्रबारदेखि अनिश्चितकालीन आन्दोलन गर्ने समेत चेतावनी दिएको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















