सुन्दरबजार । लमजुङको सुन्दरबजारदेखि बेसीसहरसम्म कोरा साईकल च्यालेन्ज भएको छ । सोसल टुर्स, साईकल सिटी नेटवर्क नेपाल, प्यानग्रो एन्ड ग्रीन वे नेपालको संयुक्त आयोजना एवं लमजुङ साइकल संघको ब्यबस्थापनमा उक्त साईकल च्यालेन्ज आयोजना भएको हो ।
कोरा च्यालेन्ज काठमाडौ लमजुङका संयोजक एवं लमजुङ साईकल संघका सदस्य सञ्जित घिमिरेका अनुसार सुन्दरबजारबाट सुरु भएको कोरा साईकल च्यालेञ्ज जिल्लाको सदरमुकाम बेशिसहर सम्म ३८ किलोमिटरको दूरीमा पुगेर समापन गरिने छ । साईकल च्यालेञ्ज कुनै प्रतियोगिता नभएकाले सबै मिलिजुली एक भई गरिने र ट्रयाक पूरा भईसकेपछि सहभागीलाई मेडल लगाएर कार्यक्रम समापन गरिनेछ ।
कोरा च्यालेञ्जमा ३२ जनाले सहभागिता जनाएका छन् ।त्यसबाहेक केहि आफूखुसी पनि सहभागी भएका थिए । च्यालेञ्जमा रजिष्ट्रेशन हुनेहरुको लागि हिमालयन लाईफ इन्स्योरेन्सले चोटपटक लागेमा १ लाख बराबरको विमा गरिदिएको थियाे।
कोरा भन्नाले तिब्बतीएन भाषामा कुनै पनि धार्मिक स्थलमा परिक्रमा गर्नु भनेर बुझिन्छ। सन २०११ मा पहिलोपटक ३५ जना साईकललिस्टहरु मिलेर ५० किलोमिटर प्रतिकिलोमिटर रु १०० का दरले उठाएको रकमले सामुदायिक कार्यमा सहयोग पु¥याएका थिए । त्यसपछि प्रत्येक बर्ष कुनै न कुनै नाराका साथ सञ्चालन हुने गरेको छ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















