लमजुङ । झाडापखलाले लमजुङमा एक बालककाे मृत्यु भएकाे छ । मर्स्याङ्दी गाउँपालिका वडा नं. २ घनपाेखरा भाचे भदाैरेका ६ वर्षका सन्दिप विककाे झाडापखलाबाट मृत्यु भएकाे हाे।
बालकलाई साेमबारदेखि झाडापखला लागेकाे आमा सिमा विकले जानकारी दिईन् । विरामी बालकलाई मंगलबार विहान उपचारका लागि खुदी स्वास्थ्य चाैकी ल्याउँदै गर्दा बाटाेमा मृत्यु भएकाे उनले बताईन् ।
`बाबू हिजाेदेखि झाडापखलाले विरामी थियाे । घरमा जीवनजल थिएन, खुवाउन पाईएन´, सिमाले भनिन, `विहान उपचार गर्न ल्याउँदा ल्याँदै काखैमा वित्याे ।´
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















