राष्ट्रिय फुटबल खेलाडी सावित्रालाई मर्स्याङ्दीमा सम्मान, युराेप यात्राकाे शुभकामना


लमजुङ । युरोपियन लिगको यात्रा तय गरेकी राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारीलाई लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सम्मान गरेकाे छ ।

सावित्राकाे गृह पालिका समेत रहेकाे मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर तामाङले साेमबार सम्मान गरेका हुन् । सम्मानसंगै उनकाे युराेप खेलयात्राकाे शुभकामना समेत दिईयाे ।

लमजुङको मर्स्याङ्दी गाउँपालिकाकाे वडा नं. ९ पामचाेकमा सामान्य परिवारमा जन्मिएकी सावित्रा भण्डारी दक्षिण एसियाली फुटबलको ताराका रुपमा स्थापित छन् । उनी साम्बा, सुपरस्टार र गोल मसिन जस्ता उपनामले परिचित छिन् ।

सावित्राकाे युराेपियन लिग यात्राले गाउँपालिका हर्षित र गाैरवान्वित भएकाे भन्दै मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले खुसी ब्यक्त गरे । उनले अझ ठुलाे प्रगतिकाे शुभकामना दिए ।

गाउँकाे बाँझो बारीमा मोजाको फुटबल खेलेर आफ्नो प्रतिभा निर्खादै अगाडि बढ्ने क्रममा घरेलु प्रतियोगिता, विभागीय टिम एपीएफ, भारतीय लिग खेलेकी साम्बाले युरोपियन लिगको यात्रा तय गर्ने पक्का भएको छ । साम्बा भर्खरै युरोपियन क्लब हाइपोल रानानामा अनुबन्ध भएकी छन् । युरोपियन क्लबमा आबद्ध हुने उनी पहिलो नेपाली खेलाडी हुन् ।

उनले आफुँजस्तै धेरै सावित्राहरू गाउँ गाउँमा रहेकाले उनीहरूकाे प्रतिभा प्रस्फुटन गराउन राज्यले अग्रसरता देखाउनुपर्ने सुझाव दिईन ।

सावित्राले राष्ट्रिय फुटबल टिममा २०१४ मा पाकिस्तानमा भएकाे सार्क च्याम्पियनसिपबाट डेब्यु गरेकि थिईन । उनकाे क्याप संख्या ४४ पुग्दा गाेल संख्या ४३ पुगेकाे छ । घरेलु लिगमा सर्बाधिक सफल मात्र हैन, दुई फरक क्लबबाट तीन पटक भारतीय लिग जितेकी सावित्राकाे आसन्न युराेप लिग यात्राले अन्य खेलाडीलाई पनि प्रेरणा दिन सक्छ ।



लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist