मध्यनेपालका पाँचवटा वडामा भूमीहिन नागरिकहरुलाई निस्सा वितरण

राष्ट्रिय भूमी आयोग लमजुङले मध्यनेपाल नगरपालिकाका भूमीहिन नागरिकहरुलाई निस्सा वितरण गरेको छ । मध्यनेपाल नगरपालिका अन्तर्गत जग्गा प्राप्तीका लागि निवेदन दिएकाहरु मध्ये वडा नम्वर १ देखि ५ सम्मका नागरिकहरुलाई अभिमुखिकरण सहित निस्सा वितरण गरेको हो । 

राष्ट्रिय भूमी आयोग लमजुङका अध्यक्ष दामोदर अधिकारीको विशेष उपस्थितीमा मध्यनेपाल–२, सोतीपसलमा एक कार्यक्रम गरि सम्वन्धीत परिवारलाई अभिमुखीकरण सहित निस्सा वितरण भएको हो । मध्यनेपाल नगरपालिका अन्तर्गत पाँचवटा वडाबाट आएको निवेदन अनुसार निस्सा वितरण गरीएको र अन्य वडाहरुमा निवेदन अद्यावधिककै क्रममा रहेकोले जेठ २५ भित्र वितरण गर्ने तयारी गरीएको अध्यक्ष अधिकारीले बताए । 

आयोगले यसअघि अव्यवस्थित बसोबास भएका, भूमिहिन दलित र भूमिहिन सुकुम्बासी गरी तिन प्रकृतिको लगत संकलन गरेको छ । भूमी सम्वन्धी समस्या समाधान आयोगका इकाई मार्फत निवेदन संकलन गरिएपनि लालपुर्जा प्राप्तीका प्रावधानहरुबारे बुझाई कम भएकोले अभिमुखिकरण समेत गरीएको अध्यक्ष अधिकारीले बताए । 

राष्ट्रिय भुमि आयोग लमजुङका अनुसार मध्यनेपाल–१ मा भुमिहिन दलित एकजना र भुमिहिन सुकुम्बासी दुईजनालाई निस्सा वितरण भएको छ । त्यसैगरी वडा नम्वर ३ मा भुमिहिन दलित एकजना र अव्यवस्थीत बसोबासी आठ जनालाई निस्सा वितरण भएको छ । त्यसैगरी वडा नम्वर ४ मा भुमिहिन दलित तीनजना, सुकुम्बासी चारजना र अव्यवस्थीत बसोबासी नौजनालाई निस्सा वितरण भएको छ भने वडा नम्वर ५ मा अव्यवस्थीत बसोबासी चारजनालाई निस्सा वितरण भएको छ । 

जग्गाप्राप्तीका लागी वडा नम्वर २ मा कुनैपनि निवेदन नपरेको राष्ट्रिय भुमि आयोग लमजुङले जनाएको छ । मध्यनेपाल–१ मा पनि अव्यवस्थीत बसोबासीमा निवेदन परेको छैन भने वडा नम्वर ३ मा भुमिहिन सुकुम्बासीमा निवेदन परेको छैन । त्यस्तै वडा नम्वर ५ मा भुमिहिन दलित र भुमिहिन सुकुम्बासीमा कुनैपनि निवेदन नपरेको समितिले जनाएको छ । 

मध्यनेपाल–२ का वडा अध्यक्ष पदमबहादुर थापाको अध्यक्षतामा भएको निस्सा वितरण कार्यक्रममा नगरप्रमुख रमेश कुमार पाण्डे, राष्ट्रिय भुमि आयोग लमजुङको सदस्य सचिव एवं नापी कार्यालय प्रमुख हेलिना श्रेष्ठ, मध्यनेपाल नगर प्रवक्ता एवं वडा नम्वर १० का अध्यक्ष रामचन्द्र भण्डारी, वडा नम्वर १ का अध्यक्ष सुदिप थापा, वडा नम्वर ३ का अध्यक्ष केशव न्यौपाने, वडा नम्वर ५ का अध्यक्ष ओमविर गुरुङ लगायत कार्यपालिका सदस्यहरु एवं अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो । 

सुकुम्बासीहरुको अवस्था अध्ययन गर्दै लालपुर्जा प्रदान गर्नको लागि भूमि सम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ बमोजिम अघिल्लो सरकारले सुकुम्बासी आयोगको गठन गरेको थियो । तत्कालिन समयमा जिल्लामा भूमिसम्बन्धी समस्या समाधानका लागि काम शुरु भएसँगै १२ सय बढि निवेदन परेका थिए ।

सरकार फेरिएसँगै ०७८ साउन १९ गते सो आयोग खारेज भएको थियो । वर्तमान सरकारले सोहि समस्या समाधानका निम्ती पुनः राष्ट्रिय भुमी आयोग गठन गरी काम अघि बढाएको हो । आयोगलाई सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको तथ्यांक संकलन गर्ने र उनीहरुलाई लालपूर्जा वितरण गर्ने जिम्मेवारी रहेको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist