लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले नसर्ने रोगहरुको स्क्रिनिङ कार्यक्रम सुरु गरेको छ । प्रत्येक समुदायसम्म पुग्नेगरि नौ वटै वडाका टोलहरुमा पुगेर नसर्ने रोगहरुको स्क्रिनिङ कार्यक्रम गरिने स्वास्थ्य शाखा प्रमुख लुल घलेले जानकारी दिए ।
बैशाख २५ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने कार्यक्रममा रक्तचाप परिक्षण, रगत र पिसावमा सुगरको मात्रा परिक्षण, पिसावमा प्रोटिनको मात्रा परिक्षणको साथै मनोसामाजिक समस्या भएका ब्यक्तिहरुको पहिचान गरिने स्वास्थ्य शाखा प्रमुख घलेले बताए ।
अभियानको क्रममा समस्याहरूको जाँच गरि पहिचान गर्ने, उपचार गर्ने, परामर्श गर्ने र रेफर गर्नुपर्नेलाई सुविधासम्पन्न स्वास्थ्य संस्थामा रेफर गरिने घलेले बताए ।
स्वास्थ्यसंस्था मार्फत दक्ष स्वास्थ्यकर्मीको समुहबाट रोगको परिक्षण र पहिचान हुने गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । सो कार्यक्रमका लागि आर्थिक बर्ष २०७९÷८० को गाउँसभाले चार लाख पचास हजार रुपियाँ बजेट ब्यवस्था गरिएको उनले बताए ।
घर आँगनमै स्वास्थ्य सेवा पाएकोमा गाउँपालिकाका नागरिकहरु खुसी भएका छन् ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















