मर्स्याङ्दी गाउँपालिकामा आयोजित तेस्रो अध्यक्ष कप २०८० भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर ८ भुलभुले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा वडा नम्बर ६ बाहुनडाँडालाई सोझो सेटले पराजित गर्दै अध्यक्ष कपको उपाधी भुलभुलेले जितेकाे हो । प्रतियोगितामा प्रथम हुने वडा नम्बर ८ भुलभुलेले अन्तिम सेटमा २५ अंक ल्याएको थियो भने द्धित्तिय हुने टिम बाहुनडाँडाले अंक २० मा नै चित्त बुझाएको थियो ।
प्रतियोगितामा प्रथम टिमले नगद ७५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छ भने द्धित्तिय हुनेले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी वडा नम्बर ८ का पृथ्वी परियार, उत्कृष्ट सेटर वडा नम्बर ८ का दिनेश गुरुङ र उत्कृष्ट स्पाइकर वडा नम्बर ६ का सुदिप सुनार बनेसँगै नगद १ हजार रुपैयाँ, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टिम वडा नम्बर ९ सिमपानी र वडा नम्बर ७ ङादीले नगद १०/१० हजार रुपैयाँ प्राप्त गरेका छन् । गाउँपालिकाले खेल क्षेत्रलाई थप व्यवस्थापन गर्न र खेलाडीलाई प्रोत्साहन गर्न सहभागिता जनाउने सबै टिमलाई नगद १५ हजार रुपैयाँ प्रदान गरेको छ ।
राष्ट्रियखेल भलिबलको बिकासका लागि गाउँपालिकाको सहयोगमा पालिका भलिबल संघद्वारा आयोजित प्रतियोगितामा वडा नं. २ देखी ९ सम्मका ८ टिमले सहभागीता जनाएका थिए । प्रतियोगितामा बिजायी टिम र खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पुरस्कार प्रदान गरेका थिए ।
पालिका भलिबल संघका अध्यक्ष मिनप्रसाद घलेकाे अध्यक्षतामा भएकाे पुरस्कार वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापा, वडा नं. ७ का अध्यक्ष तिलबहादुर गुरुङ, वडा नं. ८ का अध्यक्ष धनसिंङ तामाङ लगायतको उपस्थिती थियो ।

लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















