दोर्दीमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर

दोर्दी । दोर्दी ८ खिन्चोक बेसीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लमजुङ अस्पताल र तमु कल्याण युवा क्लवको संयुक्त आयोजनामा भएको उक्त शिविर कार्यक्रमको नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उद्घाटन गरेका थिए ।

नेता गुरुङले शिविरको उद्घाटन गर्दै रोग लागेर उपचारमा धाईरहनु भन्दा रोग लाग्न नदिन व्यक्तिगत सरसफाईका विधि अपनाउनको लागि विद्यालय तथा व्यक्तिगत स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । माओबादी नेता गुरुङले स्वास्थ्य क्षेत्र मात्र नभई शिक्षा, खेलकुद र समग्र विकासका लागि नेकपा माओवादीले ध्यान दिइरहेको बताए । नेता गुरुङले आफू व्यक्तिगत रुपमा पनि यस्ता विषयमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

शिविरमा फिजिसियन डा.कुम बहादुर गुरुङ, मेडिकल अफिर डा.अमुल्य सोति, मेडिकल अधिकृत डा. विजय धिताल, ल्याव सहायक कुमार बाबु तिवारी, फार्मेसी सहायक सुजन गुरुङ, डेण्टल हाईजेनिस्ट पुजा रेग्मीुुु, डेण्डल सर्जन डा.रिविका श्रेष्ठ, स्टार्फ नर्स शुसिला गुरुङ, मेरिनन गुरुङ, करुना चिलुवाल, हेल्थ एसिस्टेन्ट देवचन्द्र गुरुङ, फोकल पर्सन अमृत चिलुवाल लगायतका चिकित्सहरुबाट निःशुल्क स्वास्थ्य सेवा दिइएको अस्पतालले जनाएको छ ।

शिविरमा २ सय ७४ जनाले सेवा लिएका थिए । जसमध्ये महिला १ सय २९ जना, पुरुष ८५ जनाले जेष्ठ नागरिकहरुले सेवा पाएको बताइएको छ । स्वास्थ्य सेवा अन्तर्गत आँखा जाँच ८७ जना, ल्याब परीक्षणमा ९३ जना, दन्त परीक्षणमा २८ जनाले सेवा लिएको लमजुङ अस्पतालका मेडिकल सुपरिडेन्ट डा. रमेश प्रसाद आचार्यले बताए ।

शिविरमा संविधान सभा सदस्य लाल बहादुर गुरुङ, लमजुङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङ, सदस्य बासु थापा, अनुसन्धान विभाग प्रमुख नरेश शाह, दोर्दी ८ का वडा अध्यक्ष नारायण घले, वडा नं. ९ का वडा अध्यक्ष आशिष तामाङ लगायतको उपस्थिति रहेको थियो ।
यसप्रकारको निःशुल्क स्वास्थ्य सेवा प्राप्त भएसंगै स्थानीयले अस्पतालप्रति धन्यवाद ज्ञापन गरेका थिए । आगामी दिनमा अझ प्रभावकारी यस्ता शिविर गाउँठाउँमा ल्याउन समेत आग्रह गरेका छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist