मर्स्याङ्दीमा साना किसान कृषि सहकारी गठन

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा साना किसान कृषि सहकारी संस्था गठन गरिएकाे छ ।

मंगलबार मर्स्याङ्दी गाउँपालिकाकाे वडा नम्बर ३, ८ र ९ का किसान तथा सराेकारवालाहरूकाे भेलाले साना किसान कृषि सहकारी संस्था गठन गरेकाे हाे ।

भेलाले वडा नं. ८ काे निवर्मान वडाअध्यक्ष हिरादेवि घलेकाे अध्यक्षतामा ९ सदस्यीय तदर्थ सञ्चालक समिति गठन गरेकाे छ ।

समितिकाे उपाध्यक्षमा वडा नम्वर ९ बाट लुकुमारी गुरूङ, सचिवमा वडा नम्बर ३ बाट कृष्णकुमारी भण्डारी र काेषाध्यक्षमा वडा नम्वर ९ बाट सीता थापा रहेका छन् ।

यस्तै सञ्चालक सदस्यमा वडा नम्वर ९ बाट भिष्मकान्त कुईकेल, वडा नम्बर ८ बाट गाेविन्द भुजेल र राजकुमारी गुरूङ, वडा नम्वर ३ बाट विमाया विक र मनखुसी गुरूङ रहेका छन् ।

यस्तै गाउँपालिका अध्यक्ष अर्जुन गुरूङ प्रमुख सल्लाहकार रहनेगरि वडा नम्बर ३ का अध्यक्ष दुधमान तामाङ, वडा नम्बर ८ का अध्यक्ष धनसिंङ तामाङ र वडा नम्बर ९ का अध्यक्ष हरिश्चन्द्र थापा सल्लाहकार सदस्य रहेका छन् ।

भेलाले संञ्चालक समितिका अध्यक्ष हिरादेवि घले संयाेजक, नवीनराज कुईकेल सदस्य र एकजना विज्ञ रहनेगरि तीन सदस्यीय कर्मचारी पदपूर्ति समिति गठन गरेकाे छ ।

वडा नम्बर ३ का अध्यक्ष दुधमान तामाङकाे अध्यक्षतामा भएकाे भेलामा नेपाल कृषि सहकारी केन्द्रीय संघका प्रशिक्षक नवराज नेपालले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमलाई संबाेधन गर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले सहकारी मार्फत यहाँ रहेका साना किसानकाे प्रवर्द्धन, उद्योग ब्यवसायकाे विकास र बजारीकरणमा टेवा पुग्ने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, जिसस कार्यपालिका सदस्य बविता मजाकाेटी, गाउँपालिका कार्यपालिका सदस्य पारकाशी गुरूङ, वडा नम्बर ३ का निवर्तमान वडाअध्यक्ष प्रेमबहादुर बस्नेत, कृषि तथा पशु शाखाका प्रमुखलगायत जनप्रतिनिधि, बुद्धिजीवी, किसान तथा महिलाहरूकाे उपस्थिति थियाे ।

सहकारीले एक वर्ष भित्र चार सय सदस्य बनाउने र ३० लाख शेयर तथा बचत संकलन गर्ने लक्ष लिएकाे छ ।

साेही अबधिमा सहकारीलाई गाउँपालिकाभरी विस्तार गर्ने र यहाँ रहेका अन्य कृषि सहकारीलाई मर्ज गरेर एउटै ठुलाे संस्था बनाईने बताईएकाे छ ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist