गोरखाको गोरखा नगरपालिका वडा नम्बर ३ जरेवरस्थित दरौदी नदीमाथि बाटो नभएको स्थानमा पुल बनाएका तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित तीन जनालाई अनुपयुक्त स्थानमा पुल बनाएर जनताको करको दुरुपयोग गरेको उजुरीको आधारमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यमान कानून विपरीत थप गरेको, पुलको स्थान र नाम परिवर्तनका साथै डिजाईन गराउन स्वीकृत गर्नुका साथै निर्माण कार्य गराउन निर्णय गरेको अख्तियारले जनाएको छ ।
राज्यको सम्पत्ति औचित्य नभएको स्थानमा खर्च गर्न आफ्नो ओहदाको दुरुपयोग गरेको पाइएकाले पाँच करोड पैतालीस लाख बाउन्न हजार छ सय एकहत्तर रूपैयाँ चौवन्न पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । यस्तै कानुन बमोजिम हानी नोक्सानी भएको बिगो निजबाट असुल उपर हुनसमेत मागदावी लिइएको छ।
सोही प्रकरणमा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालय अन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठले पनि काल्पनिक सडकको नाम दिई जरेवरस्थित दरौंदी खोला पुलको डिजाइन गराई ५,७१,७८० रुपैया हानी नोक्सानी अख्तियारको छ । साथै पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओम राज ढुंगनाविरुद्ध पनि आरोपपत्र दायर गरिएको भण्डारीले जानकारी दिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















