लमजुङ अस्पताल वेसीशहरमा सामाजिक सेवा ईकाइ स्थापना भएको छ । लमजुङ अस्पताल र अपाङ संरक्षण समाज लमजुङ वीच सम्झौता भई सामाजिक सेवा ईकाईको कामहरु अपाङ्ग संरक्षण समाज लमजुङले संचालन गर्नेछ।
सामाजिक सेवा इकाई स्थापना गर्नको लागि आईतवार एक कार्यक्रम गरी लमजुङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रमेशप्रसाद आचार्य र अपाङ्ग संरक्षण समाज लमजुङका अध्यक्ष चन्द्रकान्त पौडेल बीच सम्झौतामा हस्ताक्षर भएको हो ।
अपाङ्गता भएका ब्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, हिम्सा पिडित महिला, सिमान्त्कृत, अति बिपन्न, लोपोन्मुख, महामारी लगायत, बाढी पैह्रो, भूकम्प, आगलागिमा परेका व्यक्तिहरु, द्वन्द पिडित र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई निःशुल्क उपचार लगायत स्वास्थ सेवा उपलब्ध गराउन उक्त इकाईले सहयोग गर्ने छ ।
साे ईकाईमा ४ जना सामाजिक परिचालक संस्थाले नियुक्त गर्नेछ । उक्त कार्यक्रम लमजुङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रमेश प्रसद आचार्यको विशेष पहलमा संचालन गर्न लागिएको अपाङ्ग संरक्षण समाजका अध्यक्ष चन्द्रकान्त पौडेलले जानकारी दिएका छन् ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















