मर्स्याङ्दी गाउँपालिकामा पालिका स्तरीय परीक्षा समिति गठन गरिएकाे छ ।
गाउँपालिका भरिका विद्यालयका परीक्षालाई एकरुपता, मर्यादित, विश्वसनिय र बस्तुनिष्ठ बनाउन गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा पालिका स्तरिय परीक्षा समिति गठन गरिएकाे हाे ।
गाउँपालिका भरी सञ्चालनमा रहेका नर्सरीदेखि कक्षा १० सम्मका परीक्षाहरु परीक्षा समिति मार्फत गाउँपालिकाबाट नै सञ्चालन हुनेभएकाे छ ।
नाै सदस्यीय समितिमा प्रमुख प्रशासकिय अधिकृत, स्थानीय प्रहरी प्रमुख, पाँचजना विषयगत उपसमितिका संयाेजक सदस्य रहनेछन । समितिमा शिक्षा शाखाका प्रमुख सदस्य सचिव रहने ब्यवस्था गरिएकाे छ ।
समितिकाे सदस्यमा विषयगत उपसमिति संयाेजकबाट तिर्थ बहादुर बस्नेत सामाजिक, मुक्तिनाथ न्यौपाने अंग्रेजी, ईश्वर बाबु पाण्डे नेपाली, महेन्द्र न्यौपाने विज्ञान, थमन गुरुङ गणित विषयकाे रहेका छन् ।
स्थानीय शिक्षा ऐन अनुरूप साे समितिले प्रश्नपत्र निर्माण देखि विषयगत सुधारका निम्ति विषयगत समितिहरुले अन्य विज्ञ शिक्षकहरुको सहयोग लिएर काम गर्नेछन् ।
समितिकाे बैठकले शैक्षिक शत्र २०७९ को वार्षिक परीक्षा चैत्र १७ गते देखि २४ गते सम्म गर्ने भएकाे छ । साे मितिमा कक्षा १–५ को १२:३० बजे र कक्षा ६–९ को दिउँसो १:०० बजे लिने गरि परीक्षा तालिका समेत तयार गरिएकाे परीक्षा समितिका संयाेजक एवं गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले जानकारी दिए । उनका अनुसमर सवै कक्षाहरुको वार्षिक परीक्षाको नतिजा २०७९ चैत्र ३० गते गरिनेछ ।
परीक्षा समितिले पालिकामा एसईई योग्यता मूल्याँकन परीक्षा समेत सञ्चालन गर्ने भएकाे छ । २०७९ फागुन १४ गते देखि परीक्षा सञ्चालन गरि २६ गते नतिजा प्रकाशन गर्ने निर्णय गरेकोछ ।
परीक्षा समिति द्धारा परीक्षा सञ्चालन गर्दा परीक्षा गुणस्तरिय, विश्वसनिय र बस्तुनिष्ठ हुने र यसको एकरुपताले थप मर्यादित बनाउन सकिने र यसबाट सम्पूर्ण विद्यार्थी एवं शिक्षकहरुलाई अध्ययन अध्यापनमा थप संबेदनशिल बनाउन सक्ने परीक्षा समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















