किसान महासंघ मर्स्याङ्दीकाे अध्यक्षमा कुईकेल

नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ मर्स्याङ्दी गाउँ कमिटीको अध्यक्षमा भिष्मकान्त कुईकेल चयन भएका छन् ।

आईतबार मर्स्याङ्दी गाउँपालिका-८ भुलभुलेमा भएकाे दाेस्राे अधिवेशनले कुईकेलकाे अध्यक्षमा २१ सदस्यीय कमिटी चयन गरेकाे हाे ।

महासंघकाे उपाध्यक्षमा सुर्यकला कार्की, सचिवमा आनन्द गुरूङ, सहसचिवमा सुरज अधिकारी, र काेषाध्यक्षमा पवित्रा गुरूङ चयन भएका छन ।

यसैगरी सदस्यहरूमा रमन्द गुरूङ, टु बहादुर गुरूङ, उमरबहादुर गुरूङ, रूद्रबहादुर गुरूङ, पुर्णबहादुर तामाङ, आईतसिँ गुरूङ, शिवजी गुरूङ, मिनराशी गुरूङ, प्रेमबहादुर गुरूङ, डम्वरजंग तामाङ, मिनबहादुर गुरूङ, गञ्जसिं तामाङ, चिनबहादुर तामाङ, चिनबहादुर अधिकारी, सिङरास तामाङ, शारदा पाण्डे रहेका छन् ।

अधिवेशनलाई संवाेधन गर्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य जमीन्द्रमान घलेले किसानहरूकाे क्रियाशिलताले पार्टीलाई थप मजवुत बनाउने बताए । किसानका समस्या र हकहितका विषयमा महासंघ सदैव क्रियाशिल बन्नुपर्ने उनले सुझाव दिए । पार्टीमा आवद्व सबै किसानहरू ब्यवसायिक बन्नुपर्नेमा उनले जाेड दिए ।

जिल्ला कमिटी सदस्य एवं गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले किसानकाे हितका लागि उत्पादनमा आधारित अनुदानकाे ब्यवस्था गरिएकाे बताए । उनले सबै किसानलाई समेट्न कृषक प्राेत्साहन भत्ताकाे ब्यवस्था गर्न कार्यविधि बनाउन लागिएकाे जानकारी दिए ।

कार्यक्रममा जिल्ला कमिटी सदस्यद्वय महेन्द्र थापा र नवीनराज कुईकेल, किसान महासंघका जिल्ला सदस्य नारायण तामाङले किसानकाे समस्या पहिचान र बजारीकरणमा राज्य संवेदनशील बन्नुपर्ने धारणा राखे ।

महासंघका उपाध्यक्ष सुर्यकला कार्कीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सहजीकरण सचिव उमरबहादुर गुरूङले गरेका थिए । महासंघकाे जिल्ला अधिवेशन फागुन १३ गते बेसीसहरमा हुनेभएकाे छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist