आगामी फागुन १८ देखि २८ गतेसम्म नबौं सुन्दरबजार महोत्सव हुने

सुन्दरबजार । सुन्दरबजारमा आगामी फागुन १८ गते देखि २८ गते सम्म नवौं सुन्दरबजार महोत्सव हुने भएको छ । लमजुङ उद्योग बाणिज्य संघ, सुन्दरबजार इकाई समितिको आयोजनामा सुन्दरबजारमा उक्त महोत्सव हुने भएकाे हाे ।

उद्योग, व्यापार, पर्यटन र कृषिको प्रबद्र्धन, स्थानीय कला, सीप र संस्कृतिको संरक्षण भन्ने नाराका साथ संचालन हुने उक्त महोत्सव अघिल्ला बर्षहरुमा जस्तै सुन्दरबजारको कृषि क्याम्पसमा हुने बताइएको छ ।

लउवासंघ सुन्दरबजार इकाईको आयोजनामा सुन्दरबजारमा बर्षेनीजसो महोत्सवको आयोजना हुँदै आए पनि विगतका केहि बर्ष कोरोना महामारीका कारण महोत्सव सञ्चालन हुन सकेको थिएन ।

स्थानीय स्तरमा रहेका ऐतिहासिक, धार्मिक स्थानहरुको पहिचान र प्रचार प्रसार गर्दै परम्परागत कला र संस्कृतिको समेत जगेर्ना गर्ने महोत्सवको लक्ष्य रहेको आयोजकले बताएको छ ।

आयोजकका अनुसार व्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, औद्योगिक क्षेत्रमा लगानीको वातावरण तयार गर्न महोत्सवले सहयोग पुग्ने गरी महोत्सव आयोजना गर्न लागिएको लउवासंघ सुन्दरबजार इकाईका अध्यक्ष डण्डबहादुर सुनारले बताए ।

व्यापार व्यवसायलाई प्रबर्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको महोत्सवमा बाहिरका व्यापारीहरु आएर पैसा बाहिर लैजाने बताइरहेको समयमा महोत्सवमा हुने स्टलहरुमा स्थानीय व्यापारीहरुलाई नै प्राथमिकता र प्रोत्साहन गर्ने गरी महोत्सवको आयोजना गर्न लागिएको लउवासंघ सुन्दरबजार ईकाईका सचिव खेम गुरूङले बताए ।

महोत्सवमा स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गर्नको लागि विभिन्न राष्ट्रिय कलाकारहरुको समेत साँस्कृतिक कार्यक्रम राखिनेछ । महोत्सवको लागि सरकारी तथा गैर सरकारी संघसंस्थाहरुसँग समन्वय गरी आर्थिक विकासमा टेवा पु¥याउने र महोत्सवबाट प्राप्त आम्दानीबाट इकाईको कार्यक्षेत्रमा व्यवसायिक हितका कार्य गर्ने साथै सचिवालयको व्यवस्थापन गर्ने लक्ष्य लिइएको आयोजकले बताएको छ ।

नेपाल भित्रका विभिन्न जिल्लाका औद्योगिक, व्यापारिक, साँस्कृतिक तथा कृषिसंग सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरु लक्षित प्रबर्धक हुने अपेक्षा गरिएको सचिवालय संयोजक खेम गुरुङले जानकारी दिए ।

महोत्सवमा उद्योगी, व्यवसायी, कृषक, वित्तीय संघसंस्था, विद्यालय तथा क्याम्पसका विद्यार्थी, सोधकर्ता, प्राध्यापक, कर्मचारी, पत्रकार, व्यवसायी तथा सर्वसाधारण गरी १ लाख ५० हजार जनाले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, लोक दोहोरी गीत प्रतियोगिता, मावि स्तरीय लोक नृत्य प्रतियोगिता, जातीय तथा साँस्कृतिक झलकहरु, बाल उद्यान, सरकारी तथा गैर सरकारी संस्थाका गतिविधि प्रदर्शनी, खुल्ला लोकगीत प्रतियोगिता, होमस्टे सम्बन्धी प्रचार, कृषि, घरेलु तथा हस्तकला प्रदर्शनी, फोटो प्रदर्शनी, परम्परागत खाना महोत्सव, शैक्षिक तथा विज्ञान प्रदर्शनी जस्ता कार्यक्रमहरु आयोजना गरिने बताइएको छ ।

महोत्सवलाई सुन्दरबजार लगायत छिमेकी नगरपालिका, वडाहरु, राष्ट्रिय औद्योगिक प्रतिष्ठान, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्थाहरु, सहकारी संस्थाहरु, उद्यमी व्यवसायी, युवा क्लव, सामुदायिक वन, आमा समूह लगायतले सहयोग गर्ने अपेक्षा गरिएको आयोजक लउबासंघ सुन्दरबजार इकाईका अध्यक्ष सुनारले बताए ।

महोत्सवलाई सफल बनाउनको लागि १ सय ५५ जनाको मूल समारोह समिति गठन गरिएको छ । जस अन्तर्गत ३८ बटा उपसमितिहरु गठन गरिने र ११ जनाको कार्यसम्पादन समिति गठन गर्ने बताइएको छ ।

महोत्सवमा ६३ लाख ६१ हजार आम्दानी गर्ने अनुमान गरिएको छ । जसबाट सबै किसिमका पुरस्कार र खर्च कटाएर बाँकी रहेको रकमले लउबा संघ, इकाई कार्यालय व्यवस्थापन र केहि प्रतिशत सामाजिक सेवामा खर्च गर्ने लक्ष्य रहेको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist