लमजुङको पसगाउँमा माघ २४ र २५ मा १३ औं महोत्सव हुँदै

लमजुङको क्व्होलासोंथार गाउँपालिका ६, मा पर्ने पर्यटकीय गाउँ पसगाउँमा यही माघ २४ र २५ गते १३ औं महोत्सव हुने भएको छ ।

पसगाउँको प्रचारप्रसारका लागि गाउँले महोत्सवको आयोजना गर्न लागेको हो । समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाईमा अवस्थित पसगाउँ गुरुङ जातिको बाहुल्यता रहेको गाउँ हो । गुरुङ जातिको कला संस्कृति, भेषभूषा र भाषाको संरक्षण र संवद्र्धन गर्दै निम्नस्तर आय भएका जनताको आर्थिक एवं सामाजिक जिवनस्तर उकास्ने ध्येयले महोत्सव आयोजना गर्न लागिएको पसगाउँ सामुदायिक होमस्टेले बुधबार बेंसीसहरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो ।

होमस्टे अध्यक्ष बलराम गुरुङका अनुसार वि.सं. २०६० साल बैशाख १६ र १७ गते प्रथम पसगाउँ महोत्सव आयोजना गरिएको थियो । पछिल्लो समय कोभिड संक्रमण जोखिमका कारण निरन्तरता दिन नसकेको महोत्सवमार्फत ग्रामीण पर्यटनको विस्तार गर्न, लोक संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्न, स्थानीय हस्तकला प्रर्दशनी गर्न, पसगाउँलाई देश विदेशमा थप चिनाउने उद्देश्यले पसगाउँ महोत्सवको १३ औं संस्करणको आयोजना गर्न लागिएको अध्यक्ष गुरुङले बताए।

वि.सं. २०६० सालदेखि पसगाउँमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना संगसंगै आन्तरिक पर्यटकहरुको आगमनमा बृद्धि हुन थालेको थियो । ग्रामीण पर्यटनले बामे सरेकै बेला १० वर्षे माओवादी जनयुद्धले ओझेलमा पर्न गएकोमा २०६२/०६३ को जनआन्दोलपछि पर्यटक आगमन सुरु भइरहेकोमा कोभिड संक्रमण जोखिमले समस्या बनाएको थियो । अहिले कोभिड १९ को सामान्यीकरण हुँदै गएकाले विस्तारै ग्रामीण पर्यटन व्यवसाय लय तर्फ फर्कंदै गरेको अवस्थामा महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

कूल १ सय ५३ घरधुरी रहेको यस गाउँमा ७ घर भुजेल एवं १२ घरधुरी दलितबाहेक सवै गुरुङका घर छन् । पसगाउँ घर भएका क्व्होलासोंथार गाउँपालिका अध्यक्ष समेत रहेका सूर्यप्रसाद गुरुङका अनुसार पसगाउँमा विकास निर्माणका कामहरु भइरहेका छन् । ग्रामीण पर्यटनको प्रवद्र्धन गर्न महोत्सवले ठूलो भूमिका खेल्ने उहाँले दावी गर्नुभयो । पसउगाउँमा हाल २१ घरमा होमस्टे संचालनमा रहेको छ । गाउँमा भूपू सैनिकहरुको अगुवाईमा क्व्होम्रेडाँडामा पिकनिक स्पटको निर्माण गरिएको छ । गाउँमा खानेपानी तथा विजुली वत्तीको पनि सुविधा छ ।

लमजुङ सदरमुकाम बेंसीसहरदेखि पालिका केन्द्र मालिङ, साल्मेभन्ज्याङ हुँदै पसगाउँ पुग्न सकिन्छ । पोखरादेखि रामबजार गिलुङ हुँदै, पोखरादेखि थुम्सीकोट हुँदै, तनहुँको दमौली भोर्लेटार गिलुङ हुँदै र बेंसीसहरदेखि घलेगाउँ भुजुङ हुँदै पसगाउँ पुग्न सकिन्छ । पत्रकार सम्मेलन कार्यक्रमको संचालन स्थानीय गोपाल गुरुङले गरेका थिए । कार्यक्रममा भूपू सैनिक आवासीय माविका प्रिन्सिपल विनोद गुरुङ, स्थानीय तिलप्रसाद गुरुङलगायतको उपस्थिति थियो।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist