लमजुङ जेसीसकाे पदस्थापना तथा पुरस्कार वितरण सम्पन्न

लमजुङ जेसीजको १३ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । लमजुङमा सन् २०१० बाट स्थापना भएको लमजुङ जेसीजले २०२२ को बर्ष पुरा गरि १३ औं पदस्थापना तथा पुरस्कार वितरणको कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

गत पुस १६ गते भएको लमजुङ जेसीजको १३ औ वार्षिक साधारण सभा तथा १२ औँ शाखा अधिवेशनबाट वर्ष २०२३ का लागि चयन भएका पदाधिकारीहरुको शपत ग्रहण तथा पदस्थापना भएको हो । 

वर्ष २०२३ का लागि अध्यक्षमा विष्णु उपाध्यय, कार्यकारिणी उपाध्यक्षमा गोमा जोशी र युवक गुरुङ, कानुनी सल्लाहकारमा रोशन खतिवडा, महासचिवमा प्रतिजङ तामाङ, सचिवमा विक्रम घले, कोषाध्यक्षमा खुशी माया गुरुङ र जनसम्पर्क अधिकृत वृक्षिमान घले चयन भएका छन्। यसैगरी चार जना उपाध्यक्षमा जयबहादुर तामाङ, सुदिप सुनार, विकास गुरुङ र अन्जय गुरुङ रहेका छन् । 

कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दे प्रदेशसभा सदस्य पौडेलले जेसीज भन्ने वित्तिकै शब्दमै उर्जा महशुस हुने बताए। लमजुङ जेसीजले नेतृत्व गरेको सबै व्यक्तिहरुसंग आफु सधैं नजिकबाट साक्षत्कार गर्ने अवसर मिलेको हुँदा पनि जेसीजलाई राम्रोसंग बुझेको उनको भनाई छ । 

कार्यक्रममा बोल्दै दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले युवाहरुको बृद्धि र विकासका निम्ति पनि जेसीज अभिन्न अंग रहेको बताए । लमजुङ जेसीजका लागि आवश्यक सहयोगका लागि गाउँपालिका सहयोग गर्न प्रतिवद्ध रहेको अध्यक्ष अधिकारीको भनाई छ ।

कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष प्रेम बहादुर गुरुङले सन् २०२३ का अध्यक्ष विष्णु उपाध्याय पंगेनीलाई पद तथा चेन हस्तान्तरण गरे । पदस्थापित पदाधिकारीहरुलाई सपथ गराउँदै पदीय प्रमाणपत्र प्रदान गरिएको थियो । बर्ष २०२२ का अध्यक्ष प्रेम बहादुर गुरुङले आफ्नो कार्यकालमा सहयोग गर्ने पदाधिकारीलाई सम्मान गरे । जेसि विष्णु उपाध्यायलाई स्टार जेसी अफ द इयारबाट सम्मानित गरीएको छ भने जेसी प्रतिजंग तामाङ आउट स्ट्याडिङ लोम मेम्बर र जेसी खुशीमाया गुरुङलाई एक्टिभ लोम मेम्बरबाट सम्मानित गरिएकाे छ।

कार्यक्रममा जेसीज नेपालका कार्यकारी उपाध्यक्ष रजनी थापा, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, व्यास नगरपालिका २०१० का अध्यक्ष अभिनय खनाल, जेसीज नेपालका राष्ट्रिय उपाध्यक्ष एवं लमजुङ जेसीज पुर्व अध्यक्ष जेसी राजु अर्याल, ग्रामीण सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक विश्वनाथ घिमिरे लगायतले शुभकामना मन्तव्य राखे।

कार्यक्रममा गार्खा जेसीज २०२३ अध्यक्ष पुस्कर गुरुङ, निर्वातमान अध्यक्ष शैलेन्द्र भट्ट, पुर्व अध्यक्षहरु सुभास मल्ल, उमेश गुरुङ, व्यास जेसीज २०२३ का अध्यक्ष राजु राना, निर्वातमान अध्यक्ष विष्णु सुनार, सुक्लगण्डकी जेसीजका पूर्व अध्यक्षहरु मनिस श्रेष्ठ, मदन श्रेष्ठ, २०२३ अध्यक्ष ईश्वर कुमार श्रेष्ठ, भानु बन्दिपुर जेसीजका निर्वतमान अध्यक्ष दिपक श्रेष्ठ, २०२३ अध्यक्ष सविन कार्की, म्याग्दी जेसीज २०२३ अध्यक्ष सुमन बानिया, निर्वतमान अध्यक्ष संदिप खत्री, नारायणगढ जेसीजका निर्वातमान अध्यक्ष अमृत श्रेष्ठ, नारायणगढ लेडिज जेसीजका पूर्व अध्यक्ष सुनिता श्रेष्ठ अधिकारी, २०२३ का अध्यक्ष सुस्मित श्रेष्ठ, कालिका जेसीज २०२२ का अध्यक्ष मेनुका थापा अधिकारीलगायत जिल्लाका संचारकर्मीहरु, विभिन्न समुदायका व्यक्तिकाे उपस्थिती रहेको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist