लमजुङको मध्यनेपाल नगरपालिकाले आगलागी पीडित एक परिवारलाई राहात उपलब्ध गराएको छ । मध्यनेपाल नगरपालिका–८, का गाईना गुरुङको घर आगलागी भई नष्ट भएपछि राहात उपलब्ध गराएको हो ।
सोमबार बेलुका गुरुङको घरमा आगोलागी भएको हो । आगोलागीबाट जलेर गुरुङको घर पुर्ण रुपमा नष्ट भई पाँच लाखभन्दा बढिको क्षति भएको छ । घर जलेर नष्ट भएपछि तत्कालका लागि अस्थाई बसोबासका लागि त्रिपाल, खाद्यान्न तथा भाँडाकुँडा उपलब्ध गराईएको मध्यनेपाल नगरपालिका प्रमुख रमेश कुमार पाण्डेले बताए ।
नगरप्रमुख पाण्डे सहित मध्यनेपाल–९ का वडा अध्यक्ष महेशकुमार पाण्डे पिडित गुरुङको घरमै पुगेर राहात सहयोग हस्तान्तरण गरेका हुन् । तत्कालका लागि राहात उपलब्ध गराईएको र नगरपालिकाको तर्फबाट पुनः सहयोग गर्ने नगर प्रमुख पाण्डेले बताए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















