उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षामा प्रयोग हुने सुरक्षाकर्मीसहित पछुवा गाडी हटाएका छन्।
गृहमन्त्रीको सुरक्षामा अगुवा र पछुवा गाडीमा सुरक्षाकर्मीले स्कर्टिङ गर्ने भए पनि रविले भने अगाडि एउटा गाडी मात्रै प्रयोग गर्ने भएका छन्।
उनले पछुवा गाडीसहितका सुरक्षाकर्मी शुक्रबारदेखि नै हटाएको जानकारी दिएका छन्। अबदेखि पछुवागाडी भइपरी आउँदा मात्रै प्रयोग गर्ने गृहमन्त्री लामिछानेको भनाई छ।
गृहमन्त्री भएलगतै उनले आफ्नो सुरक्षाका लागि दुई तह मुनिका सुरक्षाकर्मीको नेतृत्व राखेका थिए। यसअघि गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षक रहने गरेकामा लामिछानेले प्रहरी नायव निरीक्षक सईको नेतृत्वमा सुरक्षाकर्मी राखेका थिए।
मन्त्री लामिछानेले ट्राफिक नियमको पूर्ण पालना गर्ने र साइरन बजाउँदै ट्राफिक लाइटमा पनि नहिड्ने बताएका छन्। कुनै अकाट्य परिस्थिति आइपर्दा बाहेक आफ्नो कार्यकाल भरी नै यो नियम पालना गर्ने उनको घोषणा छ। आकस्मिक अवस्थामा बाहेक साइरन बजाउँदै नागरिकलाई उछिनेर नहिँड्ने रविले सामाजिक सञ्जालमार्फत प्रतिवद्धता जनाएका छन्।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















