मर्स्याङदीमा पुस २६ देखि शैक्षिक महोत्सव हुँँदै (कार्यक्रम तालिकासहित)

लमजुङको मर्स्याङदी गाउँपालिकामा पुस २६ गतेदेखि शैक्षिक महोत्सव २०७९ हुने भएको छ । मर्स्याङदी नगरपालिका वडा नंं ३ खुदीस्थित अमर माध्यमिक विद्यालयमा शैक्षिक प्रर्दशनीसहित पालिकस्तरिय शैक्षिक महोत्सव हुने भएको हो । 

मर्स्याङदी गाउँपालिकाको आयोजनामा हुने शैक्षिक महोत्सव पुस २६ गते देखि माघ २ गते सम्म सञ्चालन हुनेछ । शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशिल बनाउन आयोजना गर्न लागिएको शैक्षिक महोत्सवमा विभिन्न राजनितिक दलहरु, विद्यार्थी, शिक्षक, अभिभावकहरुबाट गाउँपालिकाको शैक्षिक विकासको निम्ति कार्यपत्र प्रस्तुत सँगै विद्यार्थी, शिक्षक र अभिभावकहरुको छुट्टाछुट्टै उत्प्रेरणा दिने खालका कार्यक्रमहरु हुने भएको छ ।

सात दिन सम्म सञ्चालन हुने महोत्सवको पहिलो दिन पुस २६ गते उद्घाटन समारोह, शुभकामना मन्तव्य, कार्यपत्र प्रस्तुत, विद्यार्थीद्धारा निर्मित शैक्षिक सामाग्री प्रदर्शनी, विद्यार्थीहरुको सास्कृतिक प्रस्तुती रहनेछ । 

पुस २७ गते बुधवार शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका मोटिभेसन प्रोगाम, २८ गते विहिबार कक्षा ८, ९, १० र १२ का अभिभावकहरु लक्षित कार्यक्रम र २९ गते विद्यार्थी लक्षित मोटिभेसन कार्यक्रम हुने भएको छ । 

शैक्षिक महोत्सवको पाँचौ दिन पुस ३० गते शनिवार मस्र्याङदी कप, मावि स्तरिय छात्रछात्रा दौड प्रतियोगिता, ज्याब्लिङ थ्रो, सटफुट, हाईजम्प, लङ जम्प, प्राविस्तरिय छात्रछात्रा गणित दौड प्रतियोगिता हुने भएको छ । 

यसैगरी माघ १ गते मावि स्तरिय छात्रछात्रा भलिबल प्रतियोतियोगिता र भुलभुले खेलमैदानमा आधारभूत विद्यालय स्तरिय फुटबल प्रतियोगिता हुने शिक्षा शाखाले जनाएको छ ।

शैक्षिक महोत्सवको अन्तिम दिन माघ २ गते भलिबल, फुटबल प्रतियोगिताको फाइनल खेल, पुरस्कार वितरण तथा समापन कार्यक्रम हुने कार्यतालिका रहेको छ । 

महाेत्सवले पालिकाकाे शैक्षिक स्तरबृद्विका लागि महत्त्वपूर्ण भुमिका खेल्ने गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताए । शिक्षाकाे गुणस्तर र सिकाई उपलब्धि बढाउन पालिकाले हरप्रकारकाे प्रयास गरिरहेकाे उनले बताए ।

महाेत्सवकाे कार्यक्रम तालिका :

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist