देव गुरूङकाे पहलमा पूर्वपश्चिम उच्च पहाडी रणनैतिक सडक याेजना, शिलान्यास गरेर सुरू गरियाे काम

लमजुङको पूर्व पश्चिम उच्च पहाडी रणनैतिक सडकखण्डको कालोपत्रे योजनाकाे शिलान्यास गरिएकाे छ । दूधपोखरी गाउँलिकाको सामघडेरीमा पूर्वमन्त्री एवं (नेकपा माओबादी केन्द्र)का महासचिव देव प्रसाद गुरुङले मंसिर २३ गते शिलान्यास गरेका छन् ।

माओबादी नेता देव प्रसाद गुरुङले आफ्नो कार्यकालमा राताे कितावमा समावेश गरेको एक संघीय निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्तर्गतको उक्त सडकले कुनाघाट (विचौर)– भुम्लीचोक– फुलङ्गिरी– जोर्ने– गौंडा–मञ्ज्याङ– नौथर– शेरा– चिति– तिलाहार– बाँझाखेत– वेसीशहर– बाग्लुपानी– कपुरगाउँ– मालिङ– भोजे– पसगाउँ हुँदै सिंदी जोडेको छ । २०७६ सालदेखि स्थानीय पूर्वाधार विकास अन्तर्गत आउने बजेट काटिएपछि प्रत्येक निर्वाचन क्षेत्रमा एक/एक सडक निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको थियो ।

सडकको शिलान्यास गर्दै प्रमुख अतिथि देव प्रसाद गुरुङले यो सडकमा कुनाघाटमा एउटा पूल निर्माण गरिदिंदा सडकले गोर्खा सम्म जोड्न सक्छ भन्ने योजना लिएर काम शुरुवात गरिएको बताए । नेता गुरुङले आफूले प्रतिनिधि सभा सदस्य रहँदा जिल्लाको विकासको निम्ति लागि परेको बताउँदै जिल्लाको भूगोल पूर्व पश्चिम फैलिएको र सदरमुकामलाई समेत जोड्ने गरेर यो सडकको अवधारणा ल्याएको बताए ।

कार्यक्रममा विशेष अथिति दूधपोखरी गाउँपालिकाका प्रमख धन प्रसाद गुरुङ, उपप्रमुख क्षेत्र बहादुर गुरुङ लगायत वडा अध्यक्षहरू अमर गुरुङ, श्याम गुरुङ, ओम बहादुर गुरुङको उपस्थिति रहेकाे देव गुरूङका स्वकिय सचिव कमल खड्काले जानकारी दिए ।

उक्त पूर्व पश्चिम उच्च पहाडी रणनैतिक सडक योजना ४० करोड रुपैयाँको लागतमा वहुवर्षिय ठेक्का अन्तर्गत बन्न लागेको बताइएको छ । साे सडक निर्माण सर्व उद्दार जीवन दानवा अंशुवि जेभि प्रालिले गर्न लागेकाे सडक डिभिजन दमाैलीका ईन्जिनियर सञ्जिव श्रेष्ठले बताए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist