लमजुङ । अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रिय साइकलिङ रेस ‘याक अट्याक’ सुरु भएको छ। यो विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकलिङ प्रतियोगिता मध्येको एक हो।
उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०२२’ साइकल दौड प्रतियोगिता लमजुङको बेसीशहरबाट सुरु भएको हो।
याक अट्याक्क इन्टरनेश्नल बाइकिङ सिरिजको यो १४औं संस्करण हो। यसअघि २०१८ मा १३औं संकरण भएको थियो। कोभिड-१९ संक्रमणका कारण दुई वर्ष प्रतियोगिता आयोजना हुन सकेको थिएन।
प्रतियोगिताको पहिलो दिन उनीहरूले लमजुङमा साइकल दौडाए। बेंसीसहरदेखि पुमागाउँ, बागलुङपानी, नजरे हुँदै चण्डिस्थान मकैडाँडा हुँदै बेंसीसहरसम्मको ३० किलोमिटरमा उनीहरूले साइकल कुदाए।
दोस्रो दिन सोमबार उनीहरू चक्रीय अन्नपूर्ण पदमार्गको गन्तव्य मनाङ प्रवेश गरेका छन्। उनीहरूले ७ दिन साइकल कुदाउने याक अट्याक कार्यक्रमका प्रबन्धक अजय पण्डित क्षेत्रीले बताए।
पहिलो दिन पुरुष खुलातर्फ सशस्त्र प्रहरीका सुरज रानामगरले १ घण्टा ३५ मिनेट २० सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम भएका छन्। क्यानडाका कोरी वाल्लेस द्वितीय भएका छन्।
उनले १ घण्टा ३५ मिनेट २२ सेकेन्डमा निर्धारित दूरी पार गरे। नेपालका कुमार तामाङ १ घण्टा ४० मिनेट ४० सेकेन्डमा निर्धारित दूरी पार गरी तृतीय भएका छन्। कोरीले यसअघि लगातार ४ पटक प्रतियोगिता जितेका छन्।
खुला महिलातर्फ नेपाल आर्मीका उषा खनालले १ घण्टा, ५९ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम भएकी छन्।
अष्ट्रियाकी सब्रिना फिल्जमोस्टर १ घण्टा ५९ मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पार गरी द्वितीय भएकी छन्। नेपालकी हुमी बुढामगर २ घण्टा ३० मिनेट १७ सेकेन्डमा निर्धाति दूरी पार गरी तृतीय भएकी छन्।
प्रतियोगितामा ४० वर्ष माथिकामध्ये कोस्टारिकाका अन्ड्रिस गम्बोअले १ घण्टा ५६ मिनेट ५५ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम भएका छन्।
नेपालका हर्क लामा १ घण्टा ५९ मिनेट १० सेकेन्ड समयमा निर्धारित दूरी पार गरी द्वितीय भएका छन्। इटालीका माइकल डि बेरारडिनो २ घण्टा ५ मिनेट ३ सेकेन्डमा निर्धारित दूरी पार गरी तृतीय भएका छन्।
आयोजक माउन्टेन बाइकिङ वल्डवाइड लिमिटेडका निर्देशक बेलायती नागरिक फिल इभान्सका अनुसार प्रतियोगितामा नेपालसहित बेलायत, फ्रान्स, इटाली, जर्मन, अमेरिका लगायत ८ देशका १२ जना अन्तर्राष्ट्रिय साइकल रेसरले सहभागिता जनाएका छन्।
नेपाली ९ जना छन्। २ जना विदेशी महिला समेत सहभागी रहेको उनले बताए।
प्रतियोगिताको पहिलो दिन लमजुङ, दोस्रो दिन मनाङको चामे, तेस्रो दिन मनाङ, चौथो दिन मनाङ गाउँमा विश्राम हुने कार्यक्रमका प्रबन्धक क्षेत्रीले बताए।
पाँचौं दिन थोराङला फेदी, छैटौं दिन चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने विश्वकै अग्लो भञ्ज्याङ मानिएको थोराङला (५,४१६ मि) पास गरेर मुस्ताङको कागबेनी, सातौं दिन कागबेनी वरपर, आठौं दिन कालोपानी पुगेर प्रतियोगिता सकिने उनले बताए। प्रतियोगिता अवधिभर साइकल रेसरले २ सय २० किलोमिटर पार गर्ने उनले उनले बताए।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















