लमजुङ । लमजुङ प्रहरीले नगद २ लाख ८१ हजार १ सय २५ रुपैयाँसहित ३८ जना जुवाडेलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको संयुक्त प्रहरी टोलीले कौडा थान ३२ सहित नगद र जुवाडे पक्राउ गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति करिब ११ बजेको समयमा बेंसीसहर नगरपालिका ११ चिती तिनपिप्ले बस्ने ५७ वर्षीय गणेशप्रसाद श्रेष्ठको घरमा (कौडा) खेल्दै गरेको अवस्थामा घरधनी श्रेष्ठसहित २५ जना पुरुषलाई नगद १ लाख २१ हजार २५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरिएको डीएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार पक्राउ पर्नेहरु सबै उक्त वडाकै रहेका छन् ।
यस्तै, शुक्रबार राति नै सुन्दरबजार नगरपालिका १ कुन्छा बस्ने ४४ वर्षीय रामबहादुर दुराले जुवा (कौडा) खेलाउँदै गरेको अवस्थामा उनीसहित १३ जना पुरुषलाई नगद १ लाख ६० हजार १ सय २५ रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १२ जना सुन्दरबजार नगरपालिकाका रहेका र १ जना तनहुँको रहेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर जगदिश रेग्मीले पक्राउ परेका व्यक्तिहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको बताए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















