लमजुङका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देव गुरुङलाई नेपाली कांग्रेस (बिपी) र जनता समाजवादीका उम्मेदवारले सर्मथन गरेका छन् ।
आइतबार लमजुङमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस विपिका प्रतिनिधिसभाका उम्मेदवार डा.लक्ष्मीकान्त पौडेल र जनता समाजवादी पार्टीका नरेन्द्र गुरुङले आआफ्नो उम्मेदवारी स्थगन गर्दै सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङलाई सर्मथन गर्ने जानकारी गराएका हुन् ।
कार्यक्रम बोल्दै बि.पि काग्रेसका केन्द्रीय सदस्य समेत रहेका डा.लक्ष्मिकान्त पौडेलले भने, ‘म आज बाट नेपाली काङ्ग्रेसमा नै फर्केको छु। यो बेलामा गठबन्धनलाई सहयोग नगर्नु भनेको प्रतिगमनकारी शक्तिहरुलाई सहयोग पुर्याउनु हो। बिकास र समृद्धिको लागि आज गठबन्धन लाई नै भोट हाल्नु र समर्थन गर्नु मेरो कर्तव्य रहेको मेरो अन्तरमनले बतायो ।´
जसपाबाट प्रतिनिधि सभाका उम्मेद्बार नरेन्द्रबहादुर गुरुङले पनि लमजुङको विकास र सम्वृद्वीका लागि राष्ट्रवादी छवि भएका देव गुरुङलाई जिताउन अाफ्नाे उमेदवारी फिर्ता लिएकाे बताए । तर, जसपाले भने अाफ्नाे उमेदवारलाई प्रभावित पारेकाे भन्दै पार्टीको समर्थन नरहेकाे जनाएकाे छ ।
लमजुङमा देव गुरूङसंगै नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरूङ प्रतिष्प्रधामा छन् ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















