एमाले लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् ।

कमिटिको नवौं जिल्ला अधिवेशनको सोमबार सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा नवनिर्वाचित विष्टले दुई सय ८८ मत प्राप्त गरे । बेँसीशहर नगरपालिका–११ मा घर भएका विष्ट यसअघि एमाले बेँसीशहर नगर कमिटिको अध्यक्ष थिए ।

यसअघिका जिल्ला अध्यक्षसमेत रहेका अधिकारीले एक सय ९९ मत प्राप्त गरे । विष्ट र अधिकारीले आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए ।

उपाध्यक्षमा यसअघिका जिल्ला सचिव शुभाष पौडेललाई पाँच मतअन्तरले हराउँदै जीतबहादुर गुरुङ निर्वाचित भए । गुरुङले २४२ मत प्राप्त गरे भने पौडेलले २३७ मत प्राप्त गरे ।

त्यस्तै, सचिवमा जनकराज मिश्रलाई २३९ मतअन्तरले हराउँदै राजेन्द्र बोहरा निर्वाचित भए । राजेन्द्रले ३५८ र मिश्रले ११९ मत प्राप्त गरे । उपसचिवमा राजेन्द्र अधिकारीलाई १२० मत अन्तरले हराउँदै विवश बुढाथोकी विजयी भए । बुढाथोकीले दुई सय ४९ मत प्राप्त गरे भने अधिकारले १२९ मत प्राप्त गरे ।

उपसचिव महिलातर्फ भने आइतबार नै राममाया राना मगर निर्विरोध निर्वाचित भएकी थिइन् ।

आइतबार भएको मतदानमा ५३२ जना सहभागीमध्ये ५०६ जना सहभागी भएका थिए ।  निर्वाचित कमिटिको कार्यकाल तीन वर्षे रहने छ ।



लोकदृश्य
+ posts

ताजा खबर

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ सिरूवारीका एप्लाष्टिक एनिमिया रोगबाट पीडित विश्वराज अधिकारीको उपचारार्थ प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ ।...

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक स्थापना

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक स्थापना

  लमजुङ । चर्चित फुटबलर सावित्रा भण्डारीको सम्मानमा मस्र्याङदी गाउँपालिका–९ सिम्पानी खुदीपुल नजिक ‘साम्बा’ चोक स्थापना गरिएको छ । मस्र्याङ्दी...

लमजुङमा मर्स्याङ्दीको सबैभन्दा कम बेरुजु

लमजुङमा मर्स्याङ्दीको सबैभन्दा कम बेरुजु

  लमजुङ । लमजुङका आठवटा स्थानीय तहमा मस्र्याङ्दी गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०÷०८१ को हिसावको...

लमजुङमा एमालेबाट निर्वाचित पूर्व जनप्रतिनिधिलाई सम्मान

लमजुङमा एमालेबाट निर्वाचित पूर्व जनप्रतिनिधिलाई सम्मान

लमजुङ । नेकपा एमाले लमजुङले स्थानीय निर्वाचनमा निर्वाचित पूर्व जनप्रतिनिधि तथा उम्मेदवारहरुलाई सम्मान गरेको छ । ३२ औं मदन आश्रित...

जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

लमजुङ । जलविद्युतको क्षेत्रमा लमजुङका प्रमुख राजनीतिक दल र सरोकारवालाहरुले १५ बर्ष अघि गरेको एउटा प्रतिवद्धता पुरा हुन नसकेको पाइएको...

होमस्टेका आमाहरुलाई परिकार बनाउने तालिम

होमस्टेका आमाहरुलाई परिकार बनाउने तालिम

  लमजुङ । लमजुङको सिङ्दी र सिउरुङ होमस्टेका आमाहरुलाई विभिन्न परिकारका खानेकुरा बनाउने तालिम दिइएको छ । होमस्टेमा आउने पाहुनालाई...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist