बदर मत घटाउन लमजुङमा नमुना मतदान अभियान

लमजुङ । लमजुङमा बदर मत घटाउन सबै पालिकामा नमुना मतदान अभ्यास गरिने भएको छ ।

जिल्लाका ८ पालिका मध्ये सदरमुकाम बेंसीसहरबाट मतदानको नमुना अभ्यास सुरु गरिएको छ। मतदाता शिक्षा प्रभावकारी बनाएर बदर मत कम गराउन नमुना अभ्यास गरिएको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

सापकोटका अनुसार २३ गतेसम्म जिल्लाका ८ वटै स्थानीय तहमा नमुना मतदानको अध्यास गरिने छ। बेंसीसहरको फूलबारी मञ्चमा शनिबार ३८ जनाले नमुना मतदान गरेकोमा ९ मत बदर भएको छ। २९ मत सदर भएको छ। नमुना मतदान अभ्यासमा केही नागरिक, म्यादी प्रहरी र पत्रकारसमेत सहभागी थिए। 

लमजुङमा कात्तिक १८ मा स्थानीय तहका निर्वाचन सम्पर्क अधिकारीलाई तालिम दिएपछि मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । मंसिर १ सम्म प्रत्येक पालिकाको वडामा स्वास्थ्य स्वयंसेविकाले घरदैलो गरेर मतदाता शिक्षा प्रदान गर्नेछन्। 

हरेक स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा मतदाता शिक्षा समन्वय समिति रहेको हुन्छ। वडा सचिवको संयोजकत्वमा मतदाता शिक्षा सञ्चालन समिति छ। उक्त समितिले वडा तहमा मतदाता शिक्षा प्रभावकारिताबारे अनुगमन गर्ने, सचेत र मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन नगर्ने कर्मचारीलाई कारबाही गर्नेसम्मको अधिकार दिएको हुन्छ।

निर्वाचन कार्यालयका सूचना अधिकारी जिबाखर शर्माका अनुसार २० गते मध्यनेपाल नगरपालिकाको भोर्लेटारमा र क्व्होलासाोथार गाउँपालिकाको मालिङमा, २१ गते दोर्दीको नौथर शेरामा र मर्स्याङी गाउापालिका ८ को पञ्चविचार आवासीय विद्यालयमा, २२ गते दूधपोखरी गाउापालिकाको जोर्नेमा, २३ गते सुन्दरबजार नगरपालिका ६ को शान्ति निकेतन आवासीय मावि र राइनास नगरपालिकाको तिनपिप्लेमा नमुना मतदान अभ्यास गर्ने कार्यक्रम छ।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले मत बदर घटाउन मतदाता शिक्षालाई प्रभावकारी बनाउने बताए ।

एउटा मात्रै प्रतिनिधि सभा रहेको लमजुङमा ६५ हजार २ सय ७१ महिला र ६८ हजार २ सय ८८ पुरुष गरी कुल १ लाख ३३ हजार, ५ सय ५९ मतदाता रहेका छन् । प्रदेशसभा १ मा ६३ हजार ५ सय ७५ जना मतदाता छन भने, प्रदेशसभा २ मा ६९ हजार ९ सय ८४ मतदाता रहेका छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist