लमजुङ । मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ ।
मर्स्याङ्दी गाउँपालिका वडा नं.९ तवैका ४५ वर्षीय शम्सेरबहादुर परियारको घाँटीमा हड्डी अड्किएर मृत्यु भएको हाे ।
अष्टमी (सोमबार)को दिउसाे राँगाे काटेर ह्याकुलाकाे चाैटा काँचै खाने क्रममा घाँटीमा अड्किएपछि परियारलाई खुदीस्थित स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई बेसीसहरस्थित लमजुङ जिल्ला अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएकाे छ । परियारकाे मंगलबार पाेष्टमार्टम गरि अन्त्यष्टी गरिएकाे छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















