काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले बिहिवार चियापान कार्यक्रम गर्दैछ।
दसैंका अवसरमा गर्न लागिएको चियापान कार्यक्रमलाई पनि उक्त समूहले संघर्षकै रूप भनेको छ।
काठमाडौंको बत्तिसपुतलीमा बिहिवार चियापान गर्ने र भावी रणनीति तय गरिने नेताहरूले बताएका छन्।
चियापानका लागि नेता शेखर कोइरालासहित उनी पक्षबाट कांग्रेसको १४ औं महाधिवेशनमा जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ।
कोइराला र महामन्त्री गगन थापा पक्षका नेताहरूले समानुपातिक उम्मेदवार सूची सच्याउन सभापति शेरबहादुर देउवालाई दवाव दिन पार्टी केन्द्रीय कार्यालयमा बुधबार धर्ना पनि दिएका थिए। तर यो धर्नामा कोइराला र थापा भने उपस्थित भएका थिएनन्।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















