लमजुङ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङको गृहजिल्ला जिल्ला लमजुङको स्वास्थ्य कार्यालय सम्पादित कार्यप्रगतिमा गण्डकी प्रदेशमा प्रथम भएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा स्वास्थ्य क्षेत्रको विकास, गरेको काम र हासिल गरेको प्रगतिलगायतका सुचकहरुको आधारमा स्वास्थ्य कार्यालय लमजुङ प्रथम भएको हो । १०० नम्बरको सूचकहरुको आधारमा लमजुङले सबैभन्दा बढी ८३ दशमलव आठ अङ्क प्राप्त गरेको छ ।
गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव श्रीराम तिवारीका अनुसार ८१ शमलव तीन अंकका साथ स्वास्थ्य कार्यालय म्याग्दी द्धितिय र ७९ दशमलव दुई अंकका साथ नवलपरासी स्वास्थ्य कार्यालय तृतिय भएका छन् ।
यस्तै प्रदेशभरीका अस्पतालहरुमा बेनी अस्पताल म्याग्दी प्रथम, मातृशिशु मितेरी अस्पताल कास्की द्धितिय र जिल्ला अस्पताल पर्वत तृतिय भएका छन् । अघिल्लो आर्थिक वर्ष प्रथम भएको जिल्ला अस्पताल लमजुङ भने यसपटक चौंथो भएको छ ।
यसैगरी आर्युवेद औषधालयहरुमा धौलागिरी आर्युवेद औषधालय बाग्लुङ प्रथम, जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र पर्वत द्धितिय र जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र मुस्ताङ तृतिय भएको छ ।
प्रदेशभरीका ८५ वटा स्थानीय तहहरु मध्ये लमजुङको मध्येनेपाल नगरपालिका प्रथम भएको छ । स्वास्थ्य क्षेत्रको कार्य सम्पादनको आधारमा लमजुङका ८ स्थानीय तहमध्ये पनि मध्यनेपाल नगरपालिका प्रथम भएको थियो ।
गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा आर्थिक वर्ष ०७८÷७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमको गण्डकी प्रदेश स्तरीय वार्षिक समीक्षा कार्यक्रम बेसीशहरमा सम्पन्न भएको छ ।
मंगलवार र बुधवार सञ्चालन भएको समिक्षा कार्यक्रममा गण्डकी प्रदेशका लमजुङ, मनाङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासी गरी ५ वटा जिल्लाका स्वास्थ्य कार्यालय, जिल्ला आयुर्वेदिक अस्पताल, जिल्ला अस्पताल र क्षयरोग केन्द्रहरु सहभागि थिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















