काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध उजुरी परेको छ। यौन दुव्र्यवहारको आरोपसहित गौशाला वृत्तमा जाहेरी परेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेक प्रसाद राईले जानकारी दिए।
लामिछानेविरुद्ध मंगलबार साँझ जाहेरी परेको हो । बाँकी विषय अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ।
लामिछाने अहिले देशमा छैनन्। उनी गत ६ भदौमा टी–२० सिरिज खेल्नका लागि केन्या गएका हुन्।
केन्यामा पाँच खेलको टी–२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















