लमजुङ । नेपाल रेडक्रस सोसाईटी लमजुङ शाखाले लमजुङ जिल्ला अस्पतालमा भर्ना भएका गर्भवती तथा सुत्केरी महिलाहरुलाई स्वास्थ्य तथा सरसफाई समाग्री वितरण गरेको छ ।
रेडक्रसको ६० औं स्थापना दिवसको अवसरमा जिल्ला शाखाले अस्पतालमा रहेका ९ जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।
आइतबार प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको उपस्थितीमा नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीले अस्पतालमा गएर महिलाहरुलाई व्यक्तिगत सरसफाइका लागि दैनिक उपयोग हुने सामाग्री सहितको पाेषणयुक्त किट हस्तान्तरण गरेका हुन् ।
शाखाले स्वास्थ्य सामग्री वितरणसँगै दोर्दीको नौथरशेरामा मञ्जरी नाट्य समूहसंगकाे सहकार्यमा सडक नाटक प्रदर्शन गरेको सभापति दिपक बरालले बताए ।
स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा रेडक्रस सोसाइटीका मन्त्री सुशीलचन्द्र अधिकारी, प्रदेश कोषाध्यक्ष नारायण प्रसाद घिमिरे, जिल्ला उपमन्त्री विमल श्रेष्ठ, जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठ, जिल्ला कारगार प्रमुख तारा बहादुर तामाङ लगायतको उपस्थिती थियो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















