लमजुङ । लमजुङमा नेपाली उपभोक्ता संरक्षण महासंघ शाखा गठन गरिएकाे छ । सदरमुकाम बेसीसहरमा शनिबार भएकाे एक कार्यक्रमबाट साे शाखाकाे अध्यक्षमा पार्वती तामाङ चयन भएकीछन् ।
१५ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र दवाडी, उपाध्यक्ष कान्ता घिमिरे र देव गुरुङ चयन भएका छन् । महासचिवमा माधवप्रसाद बसौला, सचिवमा विनोद परियार र कोषाध्यक्षमा खातुन मिया चयन भएका छन् ।
समितिको सदस्यहरूमा नवीन नेपाली, रोशन धमला, धर्म गुरुङ, प्रमोद अधिकारी, शिव थापा, रमेश अधिकारी, विष्णु विष्ट र रामजीप्रसाद बसौला रहेकाछन् ।
कार्यक्रम नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकी प्रदेश कमिटी अध्यक्ष लक्ष्मी ज्ञावलीको अध्यक्षता एवं महासंघ केन्द्रीय सचिव रोहित बहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शुसिल वैद्य, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारी, नेकपा माओवादी जिल्ला सचिव हरिजङ तामाङ, नेपाली कांग्रेस विपी लमजुङका अध्यक्ष तेजनारायण अधिकारी, प्रहरी निरिक्षक विष्णु विक, सहायक निरिक्षक दीपक रानालगायतकाे सहभागिता थियाे ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















