माओवादी केन्द्रका महासचिव देव गुरूङ लमजुङबाट सिफारिस

नेकपा (माओवादी केन्द्र) का महासचिव एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङ पुनः प्रतिनिधि सभा सदस्यका लागि लमजुङबाट उम्मेदवार सिफारिस भएका छन् ।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति लमजुङको आइतबार बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिस गरेको हो । उनी २०७४ को निर्वाचनमा पनि लमजुङबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

२०६३ को अन्तरिम संसदबाट संसदीय राजनीतिको यात्रा सुरु गरेका गुरुङ २०६४ को पहिलो संविधानसभा चुनावमा कास्की–१ र मनाङबाट निर्वाचित भएका थिए । २०६९ सालमा मोहन बैद्य (किरण) सँगै तत्कालिन एकीकृत माओवादीबाट बाहिरिएका गुरुङले २०७० सालको दोस्रो संविधानसभा चुनाव बहिस्कार गरे ।

२०७३ मा पुनः माओवादी केन्द्रमा फर्किएका गुरुङ २०७४ को निर्वाचनमा लमजुङबाट बाम गठबन्धनबाट निर्वाचित भएका थिए । यसपटक पनि उनी गठबन्धनबाटै चुनावमा होमिन लागेका छन् । अघिल्लो चुनाव एमालेसँगको गठबन्धनमा लडेका गुरुङले यसपटक काँग्रेससँग मिलेर लड्दैछन् ।

उनी सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलमा भएकाले गठबन्धनबाट उनलेनै टिकट पाउने लगभग निश्चित छ । गठबन्धनबाट उम्मेदवार भएमा उनले नेकपा एमालेका केन्द्रीय सदस्य एंव संविधानसभा सदस्य जमीन्द्रमान घलेसँग प्रतिप्रष्धा गर्नुपर्नेछ । घले नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् ।

मओवादी केन्द्रले गुरुङसंगै प्रत्यक्षतर्फ स्थायी कमिटी सदस्य देवेन्द्र पराजुलीको नाम पनि सिफारिस भएको छ । उनी २०७० मा माओवादी केन्द्र र २०७४ मा नयाँ शक्तिबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए ।

समानुपातिकमा गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङ, उर्मिला माझी र ऋषिराम पौडेलको नाम सिफारिस भएको छ । प्रदेशसभा (क) को प्रत्यक्षतर्फ मधु अधिकारी गुरुङ, हरिजङ तामाङ, मेखबहादुर भण्डारी, र होमबहादुर विकको नाम सिफारिस भएको छ ।

प्रदेश (ख) मा केन्द्रीय सदस्य बिमल अधिकारी र जिल्ला सचिव रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ ।

प्रदेश सभामा समानुपातिकमा जनजाति महिलामा सतिमाया तामाङ, दलित पुरुषमा सुनिल सुनार, देवबहादुर गहतराज, खसआर्य महिलामा शोभा थापा, खसआर्य पुरुषमा निराजन कुँवर र दयासागर घिमिरे, अल्पसंख्यकमा नन्दबहादुर कुमाल, दलित महिलामा जुना विक, आदिवासी जनजाति पुरुषमा टकराज गुरुङ, अजय तामाङ र मुस्लिमतर्फ मोहमद जलालदिन मियाको नाम सिफारिस भएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist