एमालेले बहुमत ल्याउने उपमहासचिव गुरूङको दावी

बेंसीसहर : नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी बहुमतका साथ विजयी हुने दावी गरेका छन्।

एमाले मनाङको चौथो जिल्ला अधिवेशनलाई बिहीबार सदरमुकाम चामेमा उद्घाटन गर्दै गुरुङले पार्टीले बहुमत प्राप्त गरी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने योजनाका साथ तयारी गरिरहेको बताए।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुङले आगामी निर्वाचनमा एकल बहुमतसहित विजय प्राप्त गर्न पार्टीले ‘एक संगठित सदस्य दुई नयाँ भोट वृद्धि र पाँच भोटको सुरक्षा’ अभियान अगाडि सारेको बताए। यो अभियान सफल बनाएर पार्टीले बहुमत प्राप्त गर्ने उनको दावी थियो।

एमाले विकास र समृद्धिका विस्तृत योजनाका साथ चुनावमा जाने तयारी गरेको बताउँदै उनले भने, ‘गठबन्धनभित्र विश्वासको कमी छ। कुन बाटो जाने भन्नेमा अलमल छ। नेपाली जनताले त्यस्तालाई विश्वास गर्दैनन्। उनीहरूको जित्ने आधार नै छैन।’ देश बनाउने मार्गचित्र, विचार, संगठन एमालेसँग मात्र भएको उनको भनाइ थियो। उनले भने, ‘यसपटकको निर्वाचन बहुमतका साथ जित्नेमा हामी ढुक्क छौं।’

स्थानीय तह निर्वाचनमा पनि एमाले एक्लै लड्दा सबैभन्दा ठूलो र बलियो पार्टी बनेको र अब पनि जनताले एमाले नै छान्ने उनले बताए। उनले पार्टीको विचार, नीति राम्रो रहेको र अझ निखारेर जानुपर्नेमा जोड दिए।

नेकपा एमाले मनाङका अध्यक्ष पोल्देन छोपाङ गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा मनाङ इन्चार्ज तथा लमजुङका सह-इन्चार्ज जमिन्द्रमान घले, गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी, लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारी, जिल्ला समन्वय समिति मनाङका अध्यक्ष चिनबहादुर घलेलगायतले शुभकामना दिएका थिए। 

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist