काठमाडौं । नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई लगाइएको महाअभियोग पुष्टि गर्ने ३५ बुँदे प्रमाण संसदीय समितिलाई पठाएको छ।
बारले जबराविरुद्धको महाअभियोग पुष्टि गर्ने प्रमाण संसदले गठन गरेको महाअभियोग सिफारिस समितिमा आइतवार पठाएको हो।
बारले महाअभियोग आरोपसँग सम्बन्धित कागजात र विवरण भन्दै ३५ बुँदे दस्तावेज सिफारिस समितिमा पठाएको हो।
भदौ ९ गते महाअभियोग सिफारिस समितिले जबरामाथिको अभियोग पुष्टि गर्ने प्रमाण माग गर्दै बारलाई पत्र पठाएको थियो।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अज्जिता खनालले पठाएको पत्रमा चोलेन्द्रको बहिर्गमन किन भन्ने ५ पेज लामो सामाग्री छ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















