काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन्।
आइतबारको नगर कार्यपालिका बैठकमा मेयर साहले सबै वडामा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव अघि सारेका हुन्।
त्यस्तै फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई ५ सय भत्ता दिने निर्णय गरेको छ। महानगरले हाजिर भएको दिन र काममा खटिएको दिन पाँच सय भत्ता उपलब्ध गराउने भएको हो।
सडक फुटपाथमा नगर प्रहरी खटाएबापत यसअघि महानगरले ३ सय भत्ता उपलब्ध गराउँदै आएको थियो। महानगरले काठमाडौंका ३२ वटै वडामा चिकित्सक राख्ने भएको छ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















