शान्तिसुरक्षा कायम गर्न लमजुङका प्रहरी प्रमुख श्रीमलका नौ प्राथमिकता

लमजुङ । यही साता लमजुङको प्रहरी प्रमुखमा कार्यभार सम्हालेका प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रकाश श्रीमलले जिल्लाको शान्तिसुरक्षा कायम गर्न नौ बुँदे प्राथमिकता अगाडी सारेका छन् ।

बुधबार जिल्लास्थित सञ्चारकर्मीहरुसँग परिचय तथा अन्र्तक्रिया गर्दै डिएसपी श्रीमलले आफ्नो कार्यकालमा गर्ने नौं बुँदे कार्ययोजना सुनाएका हुन् ।

उनले सुनाएका कार्ययोजनामा महिलासँग सम्वन्धित अपराध नियन्त्रण, रोकथाम तथा सचेतना, गुण्डागर्दी, मादक पदार्थ सेवन, होहल्ला, सामाजिक अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेको बताए । यस्तै सवारी दुर्घटना न्युनिकरण, सवारीसँग सम्वन्धित नियमहरु नियमन र सचेतना, फरार प्रतिवादीहरु पक्राउ, अवैध जडिवुटी तथा अखेटोपहार ओसारपसार नियन्त्रणलाई पनि प्राथमिकतामा राखेको उनले बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालय मातहतका कार्यलयका लागी जग्गा प्राप्ति, आवास तथा भौतिक निर्माण, उन्नत प्रहरी व्यवहारमा प्राथमिकता र प्रहरी कर्मचारीहरुमा आपसी सद्भाव, र सामाजिक सञ्जालको दुरुपयोगसँगै मौलाउदो विद्युतीय अपराध न्युनिकरणलाई पनि उनले कार्ययोजनाको प्राथमिकतामा राखेका छन् । यी कार्ययोजना कार्यन्वयनका लागि सचेतनामुलक कार्यक्रम र प्रहरी परिचालन गर्ने उनको रणनिनि छ । यति कार्यक्रम कार्यन्वयन गर्दा समग्र जिल्लाको शान्ति सुरक्षा राम्रो हुने उनले दावी गरे ।

कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले जिल्लाको शान्तिसुरक्षा कायम गर्न, ट्राफिक सुब्यवस्था, कालोबजारी नियन्त्रण, अपराध नियन्त्रण जस्ता कार्यमा क्रियाशिलता देखाउन सुझाव दिए ।

कार्यक्रममा प्रहरी निरीक्षक जगदिश रेग्मी, विष्णु विक, इलाका प्रहरी कार्यलय भोर्लेटारका प्रहरी निरीक्षक लक्ष्मण पचभैया, तिनपिप्लेका प्रहरी निरीक्षक वेद नारायाण श्रेष्ठ, भोटेओडारका प्रहरी निरीक्षक राजन प्रसाद तिमिल्सीना लगायतको उपस्थिती रहेको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist