प्रशारण लाइन नहुँदा दोर्दी–१ जलविद्युतबाट हुन सकेन विद्युत उत्पादन

लमजुङ । लमजुङको दोर्दी खोलामा १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजनाको निर्माण कार्य सकिएपनि प्रशारण लाइन नहुँदा विद्युत उत्पादन हुन सकेको छैन् ।

आयोजनाको सबै काम सकिएर परिक्षण उत्पादन गरिएपनि प्रशारण लाइन नहुँदा ब्यवसायिक उत्पादन हुन नसकेको प्रवद्र्धक दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ । व्यवसायिक विद्युत उत्पादनका लागि प्रशारण लाईनको प्रतिक्षामा रहेको आयोजना प्रमुख उज्वल सिलवालले बताए ।

यसअघि २०७६ चैत्र महिनामा सक्ने भनिएको सो आयोजना दोर्दी खोलामा आएको बाढी र कोभिड १९ को प्रभाव सँगै सरकारले जारी गरेको लकडाउनका कारण निर्माण अवधि लम्विएको थियो । सो आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने १३२ केभीको किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक साढे ३ किलोमिटर लामो प्रसारण लाइन आयोजना आँफैले निर्माण गरीसकेको छ ।

विद्युत उत्पादनका लागि दोर्दी कोरीडोर अन्तर्गत १३२ केभी प्रशारण लाईन मार्फत किर्तीपुर सवस्टेशनमा जोडिएको छ । तर गतवर्षको बाढीका कारण प्रशारण लाईन पुनः निर्माण नहुँदा आयोजनाले विद्युत उत्पादन गर्न नपाएको हो । तत्कालका लागि मस्र्याङदी कोरीडोर अन्तर्गतको २२० केभी प्रशारण लाईन अन्तर्गत उदिपुर सवस्टेशनमा जोड्ने तयारी गरेपनि सो प्रशारण लाईन पनि निर्माण सम्पन्न नभएकोले आयोजनाले विद्युत उत्पादन गर्न नपाएको आयोजना प्रमुख सिलवालले जनाकारी दिए ।

दोर्डी–१ जलविद्युत आयोजना १२ मेगावाट उत्पादन क्षमताको रन अफ रिभर प्रविधिको जलविद्युत आयोजना हो । प्रचलित नियमावली अनुसार ऊर्जा मन्त्रालयबाट विद्युत् उत्पादन अनुमतिपत्र लिएर प्राधिकरणसँग १२ मेगावाट विद्युत् खरिद सम्झौता गरेको छ । पीपीएमा सहमति अनुसार सुख्खा याममा ८ रुपैया ४० पैसा र हिउदमा चार रुपैया ८० पैसा खरिद मुल्य कायम भएको छ । पीपीए दर पाँच वर्षसम्म प्रत्येक वर्ष तीन प्रतिशतले बढ्ने सम्झौतामा उल्लेख छ ।

२०७४ सालबाट शुरु भएको सो आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्चको अनुमान गरिएको छ । आयोजनामा सानिमा बैकको अगुवाईमा पाँचवटा बैंकले ऋण लगानी गरेका छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist