
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनेको ५ दलीय कार्यदलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सिट बाँडफाँटका विभिन्न मोडालिटीबारे छलफल भइरहेको छ ।
केहीबेर बैठकमा सहभागी भएर निस्किएका कार्यदल सदस्य समेत रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदलले पाएको जिम्मेवारी अनुसार चाँडोभन्दा चाँडो जिम्मेवारी पुरा गर्ने बताए ।
‘चाँडोभन्दा चाडो जिम्मेवारी पुरा गर्नेगरी कार्यदलमा छलफल भइरहेको छ । आजको बैठकमा विभिन्न मोडालिटीमा छलफल भएको छ । खुलस्त रुपमा छलफल भएको छ’, कार्कीको भनाइ छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link

















