
काठमाडौं : सुनचाँदी बजारमा छापावाल सुनको मूल्य बढेको छ।
आज प्रतितोला सुनको मूल्य २ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो कारोबार दिन सोमबार सुन तोलामा ४ सय रुपैयाँले घटेको थियो।
यसदिन प्रतितोला सुनको मूल्य ९५ हजार ६०० तोकिएको छ । सोमबार सुन तोलाको ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार १०० कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी तोलाको एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/

















