खुला म्याराथनमा बस्नेत च्याम्पियन

लमजुङ । विश्व शान्तिको कामना गर्दै लमजुङमा शनिबार भएको खुला म्याराथन प्रतियोगितामा कुलबहादुर बस्नेत प्रथम हुनुभएको छ। दोलखा निवासी बस्नेत नेपाली सेनाको भैरवनाथ गणमा कार्यरत हुनुहुन्छ। उहाँले २६ किलोमिटर दुरी दुई घण्टा १६ मिनेटमा पार गर्दै प्रथम हुनुभएको हो। 

तनहुँको भानु नगरपालिका–१२, मानेचौकाका आदित्य जिसीले दुई घण्टा १८ मिनेटमा पार गर्दै द्वितिय हुनुभएको आयोजक लमजुङ जेसीस–२०२५ का अध्यक्ष प्रतिजंग तामाङले जानकारी दिनुभयो। तामाङका अनुसार बेसीसहर नगरपालिका–१० पिसहिलदेखि सुरु भएको म्याराथन मस्र्याङ्दी गाउँपालिका हुँदै गाउँ सहर दरबारसम्म पुगेर टुङ्गिएको थियो।

प्रतियोगितामा प्रथमलाई नगद ३० हजार र द्वितियलाई नगद पन्ध्र हजारको साथमा मेडल र प्रमाणपत्र पुरस्कार दिइएको छ। ३५ धावक सहभागी प्रतियोगितामा सान्त्वना हुनुहुने गौतम श्रेष्ठ, रामजी बस्नेत, श्रीलाल तामाङ, अनिल गुरुङ, अनुज गुरुङ, प्रकाश तामाङ मीनरासी विक र तिलक कुइँकेललाई नगद एक हजार रुपियाँ दिइएको म्याराथन संयोजक तुल्सी गुरुङले जानकारी दिनुभयो।

धावक पिसहिलदेखि भुष्मे, हात्तिरुख, जलकिने, खुदी, सिम्पानी, बेसीसहर हुँदै गाउँ सहर दरबार पुगेका थिए। यो प्रतियोगिताले पिसहिलको द्वन्द्वकालीन र गाउँ सहर दरबारको ऐतिहासिक पक्षको उजागर गर्न सहयोग पुगेको जेसीस–२०२५ को कार्यकारिणी उपाध्यक्ष खुसीमाया गुरुङले बताउनुभयो।

धार्मिक तथा पर्यटकीय सौन्दर्यले भरिपूर्ण पिसहिल र गाउँसहर दरबारलाई म्याराथनका माध्यमले देश विदेशमा चिनाउन प्रतियोगिताको आयोजना गरिएको जेसीस लमजुङका निर्देशक रोशन खतिवडाले बताउनुभयो।

लोकदृश्य
+ posts

ताजा खबर

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिकाले विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist