मध्यनेपाल नगरपालिकाको बजेट ६७ करोड ९६ लाख

लमजुङ । मध्यनेपाल नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ६७ करोड ९६ लाख ८५ हजार २ सय अठ्ठाईस रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख सीता गुरुङले नगरसभाको सत्रौँ अधिवेशनमा बजेट प्रस्तुत गर्दै समृद्धि, सुशासन र सामाजिक न्यायको आधारमा विकासलाई अघि बढाउने बताउनुभयो ।

बजेटमा नेपाल सरकार, गण्डकी प्रदेश सरकार तथा आन्तरिक स्रोतबाट प्राप्त रकमलाई आधार बनाइएको छ । संघीय समानीकरण अनुदानतर्फ ९ करोड ९८ लाख, प्रदेश समानीकरण अनुदानतर्फ १ करोड २४ लाख १७ हजार, संघीय राजस्व बाँडफाँडतर्फ ८ करोड २१ लाख ५३ हजार २ सय अठ्ठाईस, तथा प्रदेश सवारी करतर्फ १ करोड ४७ लाख ६५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस आर्थिक वर्षको कुल व्ययमध्ये ४४ करोड ७८ लाख रुपैयाँ चालु खर्च र २३ करोड १८ लाख ८५ हजार २ सय अठ्ठाईस रुपैयाँ पुँजीगत खर्चमा विनियोजन गरिएको छ ।

नगरपालिकाले कृषि, पशुपालन, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिएको छ। संघीय विशेष अनुदानअन्तर्गत गाई÷भैंसी तथा बाख्रा पालन प्रवद्र्धन गर्न १ करोड ६५ लाख विनियोजन गरिएको छ भने गण्डकी प्रदेश सरकारको नवप्रवर्तन कार्यक्रममार्फत मौरीपालन व्यवसाय विकासमा २ करोड १० लाख लगानी हुने उल्लेख गरिएको छ ।

नगरका प्रत्येक वडाका लागि ३५ लाखका दरले ३ करोड ५० लाख विनियोजन गरिएको छ। सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, तथा विपन्न तथा गम्भीर बिरामीलाई समेत राहत दिने व्यवस्था बजेटमा गरिएको छ ।

चालु आर्थिक वर्षको समीक्षा गर्दै नगर उपप्रमुख गुरुङले ३९५ योजना स्वीकृतमध्ये २८४ योजना सम्पन्न भइसकेको जानकारी दिनुभयो । विगतका योजनाहरुमध्ये भोर्लेटार–बाङ्ग्रे–नेटा मालिका सडक, बाङ्ग्रेवेसी–निशान चौतारा सडक, चर्दिखोला मोटरेबल पुल जस्ता पूर्वाधार परियोजनाहरु सम्पन्न भइसकेका वा अन्तिम चरणमा रहेको बताइएको छ ।

कृषि यान्त्रीकरण, मौरीपालन, सिँचाइ, जनावरको नस्ल सुधार तथा पशु खोप कार्यक्रमलगायत योजनामा उल्लेखनीय प्रगति भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका उपप्रमुखले बजेट प्रस्तुत गर्दै आगामी वर्षलाई जनअपेक्षा अनुसार जिम्मेवारीपूर्वक अघि बढाइने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नगर प्रमुख रमेश कुमार पाण्डे, नगरसभा सदस्य, विभिन्न वडाका प्रतिनिधि, सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist