सञ्चारमन्त्रीको जिल्ला आएर रावलले भन्नुभयो–‘विपरित दलहरूको सहयात्रा गन्तव्यविहीन’

लमजुङ । नेपाल सरकारका सञ्चारमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गृहजिल्ला लमजुङ आएर पूर्व उपप्रधानमन्त्री एवं मातृभूमि जागरण अभियान नेपालका संयोजक डा. भीम रावलले विपरित सिद्धान्त भएका दुई ठूला पार्टीहरुको सहयात्रा गन्तव्यबिहीन र घातक भएको बताउनुभएको छ । सदरमुकाम बेसीशहरमा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै नेता रावलले यस्तो बताउनुभएको हो ।

मातृभूमि जागरण अभियान नेपालद्वारा आयोजित जागरण भेलामा बोल्दै नेता रावलले लोकतान्त्रिक समाजवादको सिद्धान्तमा चल्ने नेपाली कांग्रेस र जनताको बहुदलीय जनवादमा चल्ने नेकपा एमालेको सत्ता साझेदारी गन्तव्यविहीन र लक्ष्यविहीन भएको आरोप लगाउनुभयो । कांग्रेस र एमालेको सत्ता साझेदारी सहयात्रा सत्ता स्वार्थका लागि मात्रै भएकोले देशका लागि घातक हुने नेता रावलको भनाइ थियो ।

नेता रावलले अहिले मुलुक राजनीतिक र आर्थिक रुपमा सङ्कटोन्मुखभएको भन्दै राष्ट्र र राष्ट्रियताको निम्ति स्वभीमानी नेपालीहरु एक हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्र र राष्ट्रियताको पक्षमा उभिँदा पार्टीभित्रै आलोचित हुँदै निस्कासितसमेत हुनुपरेको उहाँले गुनासो गर्नुभयो । राजनीतिक पार्टीहरूमा नै लोकतन्त्र सङ्कटमा परेको नेता रावलको आशय थियो ।

कार्यक्रमका संयोजक डा. बालकृष्ण बरालले वर्तमान राजनीतिक घटनाक्रमले मुलुकमा गम्भीर सङ्कट ल्याउन सक्ने भन्दै राष्ट्रिय सङ्कट टार्नका लागि आमनागरिक सचेत हुनुपर्ने बेला आएको बताउनुभयो । कार्यक्रममा सन्तु विक, सूर्यबहादुर कुँवरलगायतले सम्बोधन गर्नुभएको अभियानका सदस्य वेनबहादुर सुयलले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न राजनीतिक दलमा आवद्ध एवं स्वतन्त्र नागरिकहरुको सहभागिता रहेको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

आन्तरिक पर्यटकको गन्तव्य सिरसिरे डाँडा

आन्तरिक पर्यटकको गन्तव्य सिरसिरे डाँडा

लमजुङ । वरीपरी सुन्दर डाँडा । फेदीमा देखिने सुन्दर सिउँडीबार र फुलबारी बजार । राष्ट्रिय झण्डा फरफराउँदै चल्ने सिरसिर हावाले...

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist