सञ्चारमन्त्रीको जिल्ला आएर रावलले भन्नुभयो–‘विपरित दलहरूको सहयात्रा गन्तव्यविहीन’

लमजुङ । नेपाल सरकारका सञ्चारमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गृहजिल्ला लमजुङ आएर पूर्व उपप्रधानमन्त्री एवं मातृभूमि जागरण अभियान नेपालका संयोजक डा. भीम रावलले विपरित सिद्धान्त भएका दुई ठूला पार्टीहरुको सहयात्रा गन्तव्यबिहीन र घातक भएको बताउनुभएको छ । सदरमुकाम बेसीशहरमा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै नेता रावलले यस्तो बताउनुभएको हो ।

मातृभूमि जागरण अभियान नेपालद्वारा आयोजित जागरण भेलामा बोल्दै नेता रावलले लोकतान्त्रिक समाजवादको सिद्धान्तमा चल्ने नेपाली कांग्रेस र जनताको बहुदलीय जनवादमा चल्ने नेकपा एमालेको सत्ता साझेदारी गन्तव्यविहीन र लक्ष्यविहीन भएको आरोप लगाउनुभयो । कांग्रेस र एमालेको सत्ता साझेदारी सहयात्रा सत्ता स्वार्थका लागि मात्रै भएकोले देशका लागि घातक हुने नेता रावलको भनाइ थियो ।

नेता रावलले अहिले मुलुक राजनीतिक र आर्थिक रुपमा सङ्कटोन्मुखभएको भन्दै राष्ट्र र राष्ट्रियताको निम्ति स्वभीमानी नेपालीहरु एक हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्र र राष्ट्रियताको पक्षमा उभिँदा पार्टीभित्रै आलोचित हुँदै निस्कासितसमेत हुनुपरेको उहाँले गुनासो गर्नुभयो । राजनीतिक पार्टीहरूमा नै लोकतन्त्र सङ्कटमा परेको नेता रावलको आशय थियो ।

कार्यक्रमका संयोजक डा. बालकृष्ण बरालले वर्तमान राजनीतिक घटनाक्रमले मुलुकमा गम्भीर सङ्कट ल्याउन सक्ने भन्दै राष्ट्रिय सङ्कट टार्नका लागि आमनागरिक सचेत हुनुपर्ने बेला आएको बताउनुभयो । कार्यक्रममा सन्तु विक, सूर्यबहादुर कुँवरलगायतले सम्बोधन गर्नुभएको अभियानका सदस्य वेनबहादुर सुयलले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न राजनीतिक दलमा आवद्ध एवं स्वतन्त्र नागरिकहरुको सहभागिता रहेको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

एमाले महाधिवेशन : लमजुङबाट उपाध्यक्षसहित ८ जना निर्वाचित

एमाले महाधिवेशन : लमजुङबाट उपाध्यक्षसहित ८ जना निर्वाचित

लमजुङ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट लमजुङका उपाध्यक्षसहित ८ जना केन्द्रीय नेतृत्वमा निर्वाचित हुनुभएको छ ।  उपाध्यक्ष पदमा...

३३ औं त्रिवेणी कप तयारी, १६ टिम सहभागी हुने

३३ औं त्रिवेणी कप तयारी, १६ टिम सहभागी हुने

लमजुङ । गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औं संस्करण पुस १२ गतेदेखि लमजुङ सदरमुकाम बेसीसहरमा सुरु...

आन्तरिक पर्यटकको गन्तव्य सिरसिरे डाँडा

आन्तरिक पर्यटकको गन्तव्य सिरसिरे डाँडा

लमजुङ । वरीपरी सुन्दर डाँडा । फेदीमा देखिने सुन्दर सिउँडीबार र फुलबारी बजार । राष्ट्रिय झण्डा फरफराउँदै चल्ने सिरसिर हावाले...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist