अध्यादेश दुबै सदनबाट पारित हुन्छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका अध्यादेश दुवै सदनबाट पारित हुने बताउनुभएको छ । उहाँले सबै राजनीतिक दलको सहमतिमा अध्यादेश पारित हुने बताउनुभयो ।

मंगलबार लमजुङ सदरमुकाम बेसीसहरमा प्रथम खेलकुद तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उहाँले सरकारले ल्याएका अध्यादेशहरू ६० दिनभित्र दुबै सदनबाट पारित भएर अघि बढ्ने बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “वर्तमान सरकारले ल्याएका अध्यादेश लोक कल्याणकारी भएकाले पारित हुन्छन् । दशकौंका पुराना कानुनहरूले अहिलेको परिस्थितिअनुसार काम गर्न जटिल भएकाले पनि नयाँ कानुनका लागि अध्यादेश ल्याइएको हो । सूचना प्रविधि, शिक्षा, सुशासन तथा सहकारीका क्षेत्रमा सुधार गर्नु अहिलेको जल्दोबल्दो आवश्यक देखिएको छ । यो अध्यादेशले यी समस्यालाई हटाएर जनभावनानुसार काम गर्न सकिन्छ र देशमा समृद्धि आउँछ ।”

अध्यादेशले उद्योग व्यवसायी समेत उत्साही देखिएको उहाँले बताउनुभयो। अनलाइन तथा सहकारी समेतमा देखिएको समस्यालाई नियमन गर्न अध्यादेश आएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुशासनको प्रत्याभूति जनताले पाउनुपर्छ । अर्थतन्त्र दरो नभए देशमा समृद्धि आउन नसक्ने भएकाले पनि समयसापेक्षका लागि अध्यादेश अपरिहार्य थियो ।” पुराना अड्किएर बसेका ऐनहरू पारित हुँदैगएको र अब छिट्टै बाँकी ऐन कानुन पनि पारित हुने उहाँले बताउनुभयो । उहाँले निजामती कर्मचारी ऐन, शिक्षा ऐन, नेपाल प्रहरी ऐन, सशस्त्र प्रहरी बल ऐन पनि छिट्टै आउने बताउनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist