‘महिला नै पहिला’ भन्दै लमजुङमा अनुपम यात्रा !

लमजुङ । राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भन्ने आवाज उठाउँदै महिलाहरुले लमजुङमा अनुपम यात्रा ¥याली निकालेका छन् ।

आउँदो २०८४ को निर्वाचनमा महिला नै पहिला भन्ने उद्देश्यका साथ देशव्यापी अनुपम अभियान सञ्चालन गरिदैआएको छ । अनुपम अभियान अन्तर्गत शुक्रबार मध्यनेपाल नगरपालिका वडा नं. २, सोतिपसलमा अनुपम यात्रा गरिएको हो ।

एकिकरण नेपाल गोरखा तथा राष्ट्रिय जनवकालत मञ्च नेपालको समन्वयमा सोतिपसलका राक्सेकालिका आमा समूह, गणेश टोल विकास समूह, महिला जागरण महिला समूह, खहरे आमा समूह, सशक्त आमा समूह, बोर्डिङचोक आमा समूह, कल्याणकारी आमा समूह, प्रगतिशील आमा समूह, रिस्तिभ्याली सामुदायिक सिकाइ केन्द्रमा रहेका महिलाहरुले प्लेकाडसहित ¥याली निकालेका थिए । कार्यक्रममा दुईसयभन्दा बढी महिलाहरुको सहभागिता रहेको रिस्तीभ्याली सामुदायिक सिकाई केन्द्र अध्यक्ष भोलानाथ पौडेलले जानकारी दिनुभयो ।

उक्त अवसरमा वडा अध्यक्ष पदम बहादुर थापा, वडा सदस्य ज्ञानी नेपाली, र राक्सेकाली आमा समूहका प्रतिनिधिहरू कमला थापा, रेवती खनाल, पदम गुरुङ लगायतले राजनीतिमा महिला सहभागिता अपरिहार्य रहेको विचार व्यक्त गर्नुभयो ।

२०८० सालदेखि सुरु यो अभियान २०८४ सालसम्म सञ्चालन हुनेछ । अभियानले न्यायिक समतामूलक समाजको निर्माण गर्न टेवा पु¥याउने लक्ष्य लिएको छ । जहाँ महिलाको अर्थपूर्ण सहभागिता रहनेछ ।

राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भनेर अनुपम यात्रा देशव्यापी अभियान सुरु भएको हो । महिलावादी मञ्च गठन गरी पूर्व मेची र पश्चिम महाकालीबाट सुरु गरी हरेक जिल्लामा बस, पैदल, टेम्पु यात्रा गर्दै विभिन्न स्थानीय तहका वडासम्म पुग्ने गरी अभियान अगाडि बढाइएको अधिकारकर्मीहरुले बताएका छन् ।

महिला अनिवार्य रहेको व्यवस्थालाई समेत ‘गठबन्धन’ र ‘वा’ जस्ता शब्दको दुरूपयोग गर्दै कानुनमा छिद्र खोजेर महिलाको अर्थपूर्ण सहभागितालाई पाखा लगाउने काम भएको उनीहरुको गुनासो रहेको छ । महिलाको नेतृत्वलाई स्विकार्ने वातावरण बनाउन र राज्यका सबै तहमा महिलाको समतामूलक सहभागिता अनिवार्य बनाउन आउँदो निर्वाचनमा महिलालाई अर्थपूर्ण नेतृत्वमा ल्याउनु अनुपम यात्राको अन्तिम लक्ष्य रहेको अभियानकर्ता हरि देवकोटाले बताउनुभयो ।

गत स्थानीय तहको निर्वाचनमा सात सय ५३ मध्ये २५ वटा स्थानीय तहमा मात्रै महिलाले प्रमुख पदको जिम्मेवारी पाएका छन् । यो संख्या भनेको कुल निर्वाचित संख्याको ३.३२ प्रतिशत मात्रै हो । त्यसैगरी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ दुई सय २५ जना महिला निर्वाचन मैदानमा भए पनि नौजना मात्रै निर्वाचित भएका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिकाले विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने...

राइनासको आफ्नै भवनबाट प्रशासकीय काम

राइनासको आफ्नै भवनबाट प्रशासकीय काम

लमजुङ । लमजुङको राइनास नगरपालिकाले आफ्नै भवनबाट प्रशासकीय काम थालेको छ । नगरपालिका स्थापना भएको ९ वर्षपछि राइनासले आफ्नै भवनबाट...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist