लमजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा पूर्वमन्त्री डोलप्रसाद (डीपि) अर्यालले आगामी १० वर्षभित्रमा आमूल परिवर्तन गर्दै देश बनाउने लक्ष्यका साथ पार्टी अघि बढेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङले बुधबार बेसीशहरमा आयोजना गरेको कार्यकर्ता तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टी चुरुस्त दुरुस्त, इमान्दार नेता तथा कार्यकर्ता उत्पादन र मुलुक परिवर्तनका लागि योजना निर्माण भयो भने देश बन्ने र त्यो काम आफ्ना पार्टीले गर्ने उनले बताए ।
उने भने, `दश वर्षभित्रमा हामीले केही गर्न सकेनौ भने त्यस पछाडी हामीले पनि केही गर्न सक्दैनौ, त्यसपछि गर्छु भन्ने कुरा बेकारको हुन्छ ।´ उनले भने, `हाम्रो जुन हुटहुटी छ, रमान्दारीता छ, जुन चोर्न हुन्न, ठग्न हुन्न, लुट्न हुन्न भन्ने कुरा १० वर्षभन्दा बढी समयसम्म पार्टीमा टिक्न नसक्ने बताउदै यही समाजका भोका, भ्रष्ट मान्छे जोडिदै जाने भएकाले देश बनाउन नसकिने बताए। त्यस्तै, उनले पार्टी खोलेको डेढ वर्ष भएकाले पार्टी कार्यकर्तालाई नेता बन्न हतार नगर्न र पालो कुर्नुपर्नेमा जोड दिए । त्यस्तै, मन्त्री बन्ने, गाडी चढेर हिड्ने कुनै लोभ छैन, आफूले जीवनमा अर्को पार्टीमा जाने सोच्दै नसोच्ने र कुनै पार्टीले प्रधानमन्त्रीको अफर गरेपनि अस्विकार गर्दै यही पार्टीमै बस्ने उनले बताए। उपसभापति अर्यालले देश नेताको भागबण्डामा चलिरहेको आरोप लगाउँदै न्यायादिश, राजदूत सबै भागबण्डा गर्छन् यसरी गएको मान्छेसँग कुनै बौद्धिक क्षमता नै नभएका मान्छेहरुले देश र जनताको काम गर्न नसक्ने उनले दावी गरे ।
त्यस्तै, हाम्रा भन्दा पनि साना देशहरुमा पनि संघीयता राम्रोसँग कार्यान्वन भइरहेको उदारण भएको बताउँदै उनले बौद्धिक क्षमता र इमान्दारीता भएन भने कुनै व्यवस्था आएपनि मुलुकमा केही नहुने बताए । प्रदेश संरचना भद्धा र कार्यकर्ता व्यवस्थापन गर्ने ठाउँ भएकाले मोडफाइ गर्दै मोडेल फेर्नुपर्ने बताए। तर अहिलेको संविधानलाई हतार गरेर चलाउनु भने पर्दैन, यद्यपी संविधान सच्याउन धेरै बाँकी छ विस्तारै सच्याउँदै अघि बढ्नुपर्ने धारणा उनले राखे।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link

















