लमजुङ । नेकपा (एमाले) का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरूङले स्थानीय तहकाे कामलाई प्रभावकारी बनाउन सुझाव दिएका छन् ।
लमजुङ सदरमुकाम बेसीसहरमा साेमबार आयाेजित जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा बाेल्दै उपमहासचिव गुरूङले यस्ताे धारणा राखेका हुन् । लमजुङका ८ वटै स्थानीय तहकाे प्रतिवेदन सुनेपछि गुरूङले भने,-`स्थानीय तहकाे काम गुधुली साँझकाे चमेराे उडाई जस्ताे भयाे, न लक्ष्य, न गन्तव्य ।´
अहिलेकाे अबस्था हेर्दा निश्चित अबधिभित्र याे ठाउँमा पुर्याउँछु भन्ने ईच्छा र लक्ष्य स्थानीय तहमा नदेखिएकाे उनले बताए।
स्थानीय पालिकाकाे विकास गर्न लक्ष्यसहितकाे याेजना, नीति, कार्यक्रम बनाउनुपर्ने उनले बताए । उनले भने, `याेजनाबद्व विकास आजकाे आवस्यकता हाे । आफ्नाे पालिका कस्ताे बनाउने भन्ने सपना हुनुपर्याे । विना याेजना र विना लक्ष्यले ठाेस उपलब्धी केही हुँदैन । लक्ष्य र याेजना विना हिड्नु त राजमार्गकाे कुकुर जस्तै हाे । लक्ष्य विना गरिने खर्चले कुनै उपलब्धी हुँदैन ।´
स्थानीय तहमा कर्मचारीकाे अभाव अर्काे समस्या रहेकाे उनले बताए । दक्ष जनशक्तिकाे ब्वस्थापनतर्फ ध्यान दिन उनले सुझाव दिए । कर्मचारी ब्यबस्थापन र शासकिय क्षमता बढाउन उनकाे सुझाव थियाे ।
आफ्नाे पालिकाे हरेक तथ्यांक नेतृत्वलाई थाह हुनुपर्ने र साेहि तथ्यांकलाई टेकेर याेजना बनाउन उनकाे सुझाव थियाे । प्रत्येक पालिकामा औधाेगिक ग्राम बनाएर साना तथा मझाैला उद्याेगहरू स्थापना गर्न सुझाव दिए ।
पालिकाहरूले सुशासनलाई पहिलाे प्राथमिकतामा राख्नुपर्ने उनकाे भनाई थियाे । महालेखाकाे प्रतिवेदन हेर्ने हाे भने सबैभन्दा बढी स्थानीय तहकाे बेरूजु देखिएकाले त्यसमा ध्यान दिन उनकाे सुझाव थियाे । नेतृत्व जनताप्रति उत्तरदायी बन्नुपर्ने उनले बताए। कार्यक्रम बजेट बनाउँदा सबै सराेकारवालाहरूसंग सहकार्य र समन्वय गर्न सुझाव दिए । पालिका आफै सरकार भएपनि सरकार जस्ता नभएर, हिजाेका जिविस र गाविस जस्ता भएका उनले टिप्पणी गरे।
हाम्रा शासनशैलीमा सुधार नआए नयाँ दलहरूबाट चुनाैती अाईरहने उनले बताए । अहिले आएका नयाँ दलहरूतर्फ टिप्पणी गर्दै उनले भने,- `उनिहरू आकाशमा देखिने उल्का पिण्ड जस्ता हुन, हुलुलु आउँछन हराउँछन् । पुराना दलहरू तारा जस्ता हुन संधै चम्किरहन्छ । उनीहरूसंग देश बनाउने याेजना र लक्ष्य पनि छ ।´
जिल्ला समन्वय समिति लमजुङका प्रमुख पुर्णबहादुर गुरूङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेशअन्तर्गतका कार्यालयहरूकाे तर्फबाट पनि प्रगति प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे ।
साे कार्यक्रममा प्रतिनिधिसभा सदस्य उर्मिला माझी, प्रदेशसभा सदस्य भेषबहादुर पाैडेल, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीसहित कर्मचारी तथा सञ्चारकर्मीहरूकाे उपस्थिति थियाे ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















